यस्तो छ देशको वर्तमान आर्थिक अवस्था, राष्ट्र बैंकको रिर्पोट (पूर्णपाठ सहित)

काठमाडौं । राष्ट्र बैंकले चालु आर्थिक बर्षको पाँच महिनासम्मको रिर्पोट सार्वजनिक गरेको छ।राष्ट्र बैंकले आज सार्वजनिक गरेकोे देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ७.३८ प्रतिशत रहेको छ ।
राष्ट्र बैंकले प्रकाशन गरेको तथ्यांक अनुसार यस अवधिसम्ममा आयात २०।७ प्रतिशतले, निर्यात ३४.६ प्रतिशतले र कुल वस्तु व्यापार घाटा १८.८ प्रतिशतले घटेको छ ।
यसैगरी विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २३.० प्रतिशतले र अमेरिकी डलरमा १३.१ प्रतिशतले बढेको छ शोधनान्तर स्थिति रु.४५ अर्ब ८७ करोडले बचतमा रहेको छ । यसैगरी कुल विदेशी विनिमय सञ्चिति रु.१२९२ अर्ब ५६ करोड र अमेरिकी डलरमा ९ अर्ब ८२ करोड रहेको छ भने संघीय सरकारको खर्च रु.४३५ अर्ब २१ करोड र राजस्व परिचालन रु.३२६ अर्ब ८९ करोड रहेको छ ।
Current-Macroeconomic-and-Financial-Situation-Nepali-Based-on-Five-Months-data-of-2079.80-edited (1)