एक वर्षमा ३० खर्ब ७ अर्ब तरलता प्रवाह

२९ पुष २०७९, शुक्रबार १४:०६

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९।८० को मंसिर महिनासम्मको देशको आर्थिक स्थितिको विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार बैंकिङ्ग क्षेत्रको तरलतामा सुधार देखिएको छ ।

नेपाल राष्ट्र बैंकबाट रिपोमार्फत २ खर्ब ४१ अर्ब २० करोड रुपैयाँ, सोझै खरिद बोलकबोलमार्फत ८३ अर्ब ८५ करोड रुपैयाँ र स्थायी तरलता सुविधामार्फत २६ खर्ब ८२ अर्ब ७० करोड गरी कुल ३० खर्ब ७ अर्ब ७५ करोड रुपैयाँ तरलता प्रवाह गरिएको देखिएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विभिन्न उपकरणहरुमार्फत राष्ट्र बैंकले खुद २६ खर्ब ६१ अर्ब ६ करोड रुपैयाँ तरलता प्रवाह गरिएको थियो ।

मंसिर महिनासम्म केन्द्रीय बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर २ अर्ब १२ करोड खुद खरिद गरी २ खर्ब ७४ अर्ब ३५ करोड रुपैयाँ तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर ५५ करोड २८ लाख खुद खरिद गरी ६६ अर्ब ४३ करोड रुपैयाँ तरलता प्रवाह गरिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*