विदेशी विनिमय सञ्चिति ६ दशमलव ३ प्रतिशतले वृद्धि

२९ पुष २०७९, शुक्रबार १४:२३

काठमाडौं । राष्ट्र बैंकले चालु आर्थिक बर्षको पाँच महिनासम्मको रिर्पोट सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आज सार्वजनिक गरेकोे देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार विदेशी विनिमय सन्चिति ६ दशमलव ३ प्रतिशतले बढेको छ ।

उक्त रिपोर्ट अनुसार २०७९ असार मसान्तमा १२१५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ६.३ प्रतिशतले वृद्धि भई २०७९ मंसिर मसान्तमा १२९२ अर्ब ५६ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ मंसिर मसान्तमा ३.० प्रतिशतले वृद्धि भई ९ अर्ब ८२ करोड कायम भएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १०५६ अर्ब ३९ करोड रहेकोमा २०७९ मंसिर मसान्तमा ७.८ प्रतिशतले वृद्धि भई ११३९ अर्ब २२ करोड रुपैयाँ पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*