नेपाल राष्ट्र बैंकद्धारा विदेशी विनियम व्यवस्थापनमा कडाई, विदेशमा लगानी गर्न प्रतिबन्ध

२९ पुष २०७९, शुक्रबार १४:२५

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय व्यवस्थापनमा कडाई गरेको छ । केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एक सूचना जारी गर्दै विदेशमा लगानी गर्न प्रतिबन्ध गराएको हो ।

राष्ट्र बैंकले विदेशी विनियम (नियमित गर्ने) ऐन् २०१९ को दफा १० क ले विदेशमा लगानी गर्न प्रतिवन्धित गरेको र सोही ऐनको दफा ९ ग ले यस बैंकले तोकिदिएको व्यवस्था बमोजिम बाहेक नेपालमा बसोबास गर्ने व्यक्तिले कुनै पनि तरिकाले विदेशमा भुक्तानी दिने सम्बन्धी कार्यै गर्न प्रतिबन्धित गरेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*