नेप्सेमा थप एक लाख ९० हजार कित्ता बोनस शेयर सूचीकृत

२९ पुष २०७९, शुक्रबार १४:४०

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा आज आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको हो ।

संस्थाको वार्षिक साधारण सभाबाट पारित भएको १५ प्रतिशत दरका कुल १ लाख ९० हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो । सूचीकृतपश्चात् उक्त शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न मिल्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*