६ लघुवित्तसहित १५ कम्पनीको साधारण सभा भोलि बस्दै, कुनले कति लाभांश पारित गर्दैछ ?

२९ पुष २०७९, शुक्रबार १७:२६

काठमाडौं । ६ लघुविसहित १५ कम्पनीको वार्षिक साधारण सभा भोलि (पुष ३० गते) बस्दैछ । १५ मध्ये अधिकांश कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेका छन् ।

६ लघुवित्त संस्थाहरुमा फर्स्ट माइक्रोफाइनान्स, फरवार्ड माइक्रोफाइनान्स, साधना लघुवित्त, मिर्मिरे लघुवित्त, गुराँस लघुवित्त र सिवाइसी नेपाल लघुवित्त रहेका छन् । त्यस्तै, तीन फाइनान्समा पोखरा फाइनान्स, मल्टीपर्पस फाइनान्स र नेपाल फाइनान्स रहेको छ । त्यस्तै, चार हाइड्रोपावर कम्पनीमा इष्टर्न हाइड्रोपावर, बुटवल पावर, सिनर्जी पावर र मन्दाकिनी हाइड्रोपावर कम्पनी रहेका छन् । साथै मुक्तिनाथ विकास बैंक र अजोड इन्स्योरेन्सको पनि भोलि नै सभा बस्दैछ ।

अजोड इन्स्योरेन्स
अजोड इन्स्योरेन्स कम्पनी लिमिटेको पाँचौ वार्षिक साधारण सभा भोलि युनाइटेड वर्ड टे«ड सेन्टरको तेस्रो तल्ला, त्रिपुरेश्वर, काठमाडौंमा बिहान ११ बजे बस्नेछ ।

कम्पनीको सो सभाले गत आर्थिक वर्ष २०७८।७९ को पाँचौ वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । त्यस्तै लेखापरिक्षकको प्रतिवेदन सहित कम्पनीको आर्थिक वर्ष २०७८।७९ को वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाव तथा नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचिहरु सहितको वित्तीय विवरण उपर छलफल गरि पारित गर्ने छ ।

यसका अलावा कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम कम्पनीको २०७९।७८ को लागि बाह्य लेखापरीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्नेछ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट पनि आफ्ना शेयरधनीहरुलाई कुनै पनि लाभांश प्रस्ताव गरेको छैन । यसर्थ यसवर्ष पनि कम्पनीका शेयरधनीहरुको हात खाली हुनेछ ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस २२ गते एक दिन बुक क्लोज गरेको थियो । पुस २१ गतेसम्म कायम शेयरधनीहरुले कम्पनीले आयोजना गरेको साधारणसभामा भाग लिन पाउने छन् । यस अगाडीकै विशेष साधारणसभाबाट मर्जरको आवस्यक प्रकृयाँ अगाडी बढाउन सञ्चालक समितिलाई अख्तियारी दिइसकेको हुँदा यस साधारणसभामा यस्तो कुनै पनि प्रस्ताव पेश गरिएको छैन ।

फर्स्ट माइक्रोफाइनान्स
फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १३औं वार्षिक साधारण सभा पुष ३० गते शनिबार, आम्रपाली बैंङ्क्वेट, भाटभटेनी, काठमाडौंमा बिहान १० बजे बस्दैछ ।

सभाले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको १९ प्रतिशत बोनस शेयर र कर प्रैयोजनका लागि एक प्रतिशत नगद लाभांश सहित कुल २० प्रतिशत लाभांश पारित गर्नेछ ।

साथै अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग गाभ्ने।गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) आवश्यक भएको अवस्थामा गाभ्ने।गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) कार्य सम्बन्धी सम्पूर्ण कार्य गर्न संचालक समितिलाई अख्तियार प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, आव २०७८।७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पािरत गर्ने, सोही आवको असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ ।
साथै आव २०७९।८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, संस्थापक शेयरधनीको तर्फबाट ३ जना संचालकहरु निर्वाचन गर्ने सभाको एजेण्डा रहेको छ ।

संस्थाले साधारण सभा प्रयोजन तथा लाभांश वितरणका लागि पुष १७ गते एक दिन बुक्लोजको गरिसकेको छ । यसर्थ पुष १४ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा उपस्थित हुन र प्रस्तावित लाभांश पाउनेछन् ।

फरवार्ड माइक्रोफाइनान्स
फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १०औं वार्षिक साधारण सभा भोलि दिनेश चौधरी स्मृति प्रतिष्ठानको सभाहल, दुहवी, सुनसरीमा दिउँसो १ बजे बस्नेछ ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लाागि ५ प्रतिशत नगद लाभांश गरी कुल ३० प्रतिशत लाभांश पारित गर्नेछ ।

यसका साथै सभाले संस्थाको अधिकृत, जारी तथा चुक्तापुँजी बृद्धि गर्ने प्रस्ताव पारित गर्नेछ । साथै अन्य कुनै लघुवित्त संस्थाहरुसँग गाभ्ने।गाभिने वा मर्जरमा जाने सम्बन्धि कार्य गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, गत आर्थिक वर्ष २०७८।७९ को वार्षि प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, सोही आवको वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने र चालु आव २०८९।८० को लागि लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि लघुवित्तले पुष १७ गते एकदिन बुकक्लोज गरेको थियो । यसअनुसार पुष १४ गतेसम्म कायम शेयरधनीहरुले मात्रै सभामा उपस्थित हुन र प्रस्तावित लाभांश पाउनेछन् ।

सिवाइसी नेपाल लघुवित्त
सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको चौथों वार्षिक साधारण सभा भोलि दिनेश चौधरी संस्थाको केन्द्रीय कार्यालय पोखरा महानगरपालिका वडा नं. ८, सभागृहचोक पोखरामा बिहान ११ बजे बस्नेछ ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लाागि १.५८ प्रतिशत नगद लाभांश गरी कुल ३१.५८ प्रतिशत लाभांश पारित गर्नेछ ।

यसका साथै सभाले संस्थाको अधिकृत, जारी तथा चुक्तापुँजी बृद्धि गर्ने प्रस्ताव पारित गर्नेछ । साथै अन्य कुनै लघुवित्त संस्थाहरुसँग गाभ्ने।गाभिने वा मर्जरमा जाने सम्बन्धि कार्य गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, गत आर्थिक वर्ष २०७८।७९ को वार्षि प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, सोही आवको वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने र चालु आव २०८९।८० को लागि लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि लघुवित्तले पुष १९ गते एकदिन बुकक्लोज गरेको थियो । यसअनुसार पुष १८ गतेसम्म कायम शेयरधनीहरुले मात्रै सभामा उपस्थित हुन र प्रस्तावित लाभांश पाउनेछन् ।

गुराँस लघुवित्त
गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण सभा भोलि भेडेटार भिलेज रिसोर्ट, भेडेटार, धनकुटामा बिहान ११ बजे बस्नेछ ।

सभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले हुन आउने ३९ लाख रुपैयाँ बराबरको बोनस शेयर, सोको कर प्रयोजनार्थ ०.२१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

यसका साथै सभाले अन्य उपयुक्त लघुवित्तसँग मर्जर अथवा एक्विजिशन गर्ने र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालक बाँकी अवधिको लागि नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ लघुवित्तले पुस २० गते एक दिनका लागि बुकक्लोज गरेको थियो । यस अनुसार पुस १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

साधना लघुवित्त
साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा भोलि होटल गोरखा बिसौनी, गोरखा नगरपालिका ६ गोरखामा बिहान ११ः३० बजे बस्नेछ ।

सो सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश पारित गर्नेछ ।

यसका साथै अन्य बैंक तथा वित्तीय संस्थासँग गाभ्ने।गाभिने वा मर्जरमा जाने सम्बन्धि कार्य अघि बढाउन संचालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । साथै गत आवको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, सो आवको वित्तीय विवरण पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ लघुवित्तले पुष २० गते एकदिन बुक्लोजको मिति तोकेको थियो । यसर्थ पुष १९ गतेसम्म कायम शेयरधनीहरु मात्रै सभामा उपस्थित हुन तथा प्रस्तावित लाभांश पाउन योग्य मानिनेछन् ।

मिर्मिरे लघुवित्त
मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको १२औ वार्षिक साधारण सभा भोलि योयो बैंक्वेट सूर्यविनायक नगरपालिका ५ घँलाते, भक्तपुरमा बिहान ११ बजे बस्नेछ ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको २३ प्रतिशत बोनस शेयर पारित गर्नेछ । साथै अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग गाभ्ने।गाभिने तथा मर्जरमा जाने सन्दर्भमा संचालक समितिलाई आवश्यक सम्पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

यसका अलावा सभाले गत आव २०७८।७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, सोही आवको वित्तीय विवरणमाथि छलफल गरि पारिन गर्ने, चालु आवको लागि लेखापरिक्षक नियुक्त गर्ने र एकजना संचालक निर्वाचित गर्ने सभाको प्रस्तावहरु रहेका छन् ।

साधारण सभा प्रयोजनार्थ लघुवित्तले पुष २० गते एकदिन बुकक्लोजको मिति तोकेको थियो । यसर्थ पुष १९ गतेसम्म कायम शेयरधनीहरुले मात्रै सभामा उपस्थित हुन र प्रस्तावित लाभांश पाउनेछन् ।

मुक्तिनाथ विकास बैंक
मुक्तिनाथ विकास बैंक लिमिटेडको साधारण सभा भोलि होटल पोखरा ग्राण्ड, पार्दी, विरौटा, पोखरा कास्कीमा बस्दैछ ।
सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको १३.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ शुन्य दशमदलव ७१०५ प्रतिशतका दरले नगद लाभांशे वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले आ.व. २०७८।७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ । लेखापरीक्षकको प्रतिवेदन सहित आ.व. २०७८।७९ आषाढ मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका विवरणहरु पारित गर्ने, लेखापरीक्षण समितिको सिफारिस बमोजिम आ.व. २०७९।८० को लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने तथा सो विकास बैंकको सहायक कम्पनी मुक्तिनाथ क्यापिटल लि. को आ.व. २०७८।७९ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण उपर छलफल गरी पारित गर्नेछ ।

बैंकले साधारण सभा प्रयोजनका लागि पुष २० गतेका दिन बुक क्लोज गर्ने गरेको थियो । यसर्थ पुष १९ गतेसम्म कायम शेयरधनीहरुले मात्रै सभामा उपस्थित हुन र लाभांश पाउनेछन् ।

पोखरा फाइनान्स
पोखरा फाइनान्स लिमिटेडको लाभांश प्रस्तावसहित १७औं वार्षिक साधारण सभा भोलि दरबारथोक बैंक्वेट, बास्तोलाथर, पोखरा ९ कास्कीमा बिहान ९ बजे बस्नेछ ।

सो सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश गरी कुल ४.२१ प्रतिशत लाभांश पारित गर्नेछ ।

यसका साथै अन्य बैंक तथा वित्तीय संस्थासँग गाभ्ने।गाभिने वा मर्जरमा जाने सम्बन्धि कार्य अघि बढाउन संचालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । साथै गत आवको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, सो आवको वित्तीय विवरण पारित गर्ने र संस्थापकबाट प्रतिनिधित्व गर्ने ३ जना संचालक निर्वाचन गर्ने सभाको एजेण्डा रहेको छ ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले पुष १९ गतेदेखि पुष २९ गतेसम्म बुकक्लोजको मिति तोकेको थियो । यसर्थ पुष १८ गतेसम्म कायम शेयधरनीहरुले मात्रै सभामा उपस्थित हुन र प्रस्तावित लाभांश पाउनेछन् ।

नेपाल फाइनान्स
नेपाल फाइनान्स लिमिटेडको ३०औं साधारण सभा भोलि होटेल, एल्लो प्यागोडा, कान्तिपथ, काठमाडौंमा बिहान ११ बजे बस्नेछ ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतमा छलफल गर्ने, आर्थिक वर्ष २०७९।८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने, संस्थाको अधिकृत पुँजी वृद्धि गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि पुस १७ गते बुक क्लोज गरेको थियो । यसर्थ पुष १४ गतेसम्म कायम शेयरधनीहरुले मात्रै सभामा उपस्थित हुन पाउनेछन् ।

मल्टीपर्पस फाइनान्स
मल्टीपर्पस फाइनान्स लिमिटेडको २५औं वार्षिक साधारण सभा कम्पनीको केन्द्रीय कार्यालय राजविराज, सप्तरीमा दिउँसो १ बजे बस्नेछ ।

सो सभाले चुक्तापुँजी ४५ करोड रुपैयाँको १ः०.३५ प्रतिशत (अर्थात १ शेयर बराबर शुन्य दशमलव ३५ शेयर वा प्रत्येक शेयरको ३५ प्रतिशत) को अनुपातमा हकप्रद शेयर जारी गरी तथा चुक्तापुँजी बृद्धि गरी ६१ करोड २ लाख रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पारित गर्नेछ । यसका अलावा कम्पनीको हालको पुँजी संरचना संस्थापकतर्फ ६० प्रतिशत र सर्वसाधारणतर्फ ४० प्रतिशत रहेकोमा संस्थापकबाट ५१ र सर्वसाधारणबाट ४९ प्रतिशत कायम गर्न प्रबन्धपत्रमा संशोधन गर्नेछ ।

साथै गत आवको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, सोही आवको वित्तीय विवरण, चालु आवको लेखापरीक्षक नियुक्त गर्ने सभाको प्रस्तावहरु रहेका छन् । कम्पनीले पुष २० गते एकदिन बुकक्लोजको मिति तोकेको थियो । यसर्थ पुष १९ गतेसम्म कायम शेयरधनीहरुले मात्रै सभामा उपस्थित हुन पाउनेछन् ।

बुटवल पावर कम्पनी
बुटवल पावर कम्पनी लिमिटेडको ३०औं वार्षिक साधारण सभा भोलि कार्की ब्याङ्क्वेट, बबरमल, काठमाडौंमा बिहान ११ बजे बस्नेछ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ७.५ प्रतिशत नगद लाभांश गरी कुल १२.५ प्रतिशत लाभांश पारित गर्नेछ ।

मन्दाकिनी हाइड्रोपावर
मन्दाकिनी हाइड्रोपावर कम्पनीको नवौं वार्षिक साधारण सभा भोलि अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेट बत्तिसपुतली काठमाडौंमा बिहान ११ बजे बस्नेछ । कम्पनीको सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको ५ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।

सिनर्जी पावर
सिनर्जी पावर डेमलपमेन्ट लिमिटेडको १६औं वार्षिक साधारण सभा टाइम्स स्क्वायर लङ, बालुवाटार काठमाडौंमा बिहान ९ बजे बस्नेछ ।

सो सभाले गत आव २०७८।७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । साथै सोही आवको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह जस्ता वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ ।

साथै चालु आव २०७९।८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सभाको एजेण्डा रहेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई कुनै खालको लाभांश प्रस्ताव गरेको छैन । यसर्थ यसपटक शेयरधनीहरुको हात खाली हुनेछ ।

इष्टर्न हाइड्रोपावर
इष्टर्न हाइड्रोपावर लिमिटेडको वार्षिक साधारण सभा भोलि होटेल हार्दिक, बागबजार, काठमाडौंमा विहान ८ बजेदेखि सुुरु हुनेछ ।

सभाले आथिर्क वर्ष २०७८।०७९ को प्रयोजनका लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारीत गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ साल आषाढ मसान्तको वासलात तथा आर्थिक वर्ष २०७८।०७९ को नाफा नोक्सान हिसाव एवं सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बांडफांड हिसाब, इक्विटीमा भएको परिवर्तन लगायत वार्षिक आर्थिक विवरणसंग सम्बद्ध वित्तीय विवरण सहितका अनुसूचीहरु पारीत गर्ने प्रस्ताव रहेको छ ।

आर्थिक वर्ष २०७९।०८० को लागि लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने लगायतका महत्वपुुर्ण प्रस्ताव रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*