महालक्ष्मी विकास बैंकको वार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

३० पुष २०७९, शनिबार ११:३०

महालक्ष्मी विकास बैंकको २१ औँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७८–७० का लागि प्रस्तावित लाभांश अनुमोदन भएको छ।

काठमाण्डौको लैनचौरस्थित लैनचौर ब्यांक्वेटमा आज बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा वाषिृक साधारणसभा सम्पन्न भएको हो। सभाले गत आर्थिक वर्षको सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरिएको छ। बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७९ आषाढ मसान्तको वासलात, उक्त आर्थिक वर्षको नाफा–नोक्सानीको हिसाब तथा नगद प्रवाह विवरणलगायतका एकीकृत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत गरेको छ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम गत आर्थिक वर्षको सञ्चित मुनाफा रकमबाट सेयरधनीहरुलाई हाल कायम रहेको चुक्तापुँजीको ४ प्रतिशतका दरले बोनस सेयर र ६।४७ प्रतिशत नगद लाभांश ९लाभांशमा लाग्ने करसहित० गरी कुल १०।४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*