लाभांश प्रस्ताव सहित प्राइम कमर्सियल बैंकको वार्षिक साधारणसभा सम्पन्न

३० पुष २०७९, शनिबार ११:४५

प्राइम कमर्सियल बैंकको १५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठको सभापतित्वमा काठमाडौंमा बिहीबार सम्पन्न भयो ।सभाले आर्थिक बर्ष २०७८र७९ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन पारित गर्‍यो ।

सञ्चालक समितिले सिफारिश गरे बमोजिम बैंकको चुक्ता पूँजीको ४।९५५ ९चार दशमलव नौ पाँच प्रतिशत० का दरले नगद लाभांश र चुक्ता पूँजीको ४५ ९चार प्रतिशत०का दरले बोनस शेयर दिने निर्णय भएको छ ।

चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस शेयर दिएपछि बैंकको चुक्ता पूँजी १९ अर्व ४० करोड भन्दा बढी हुनेछ ।

बैंकको नियमावली अनुसार उक्त सभाबाट संस्थापक शेयरधनीहरूकोतर्फबाट सञ्चालक पद ३ मा राजेन्द्र दास श्रेष्ठ, उदय मोहन श्रेष्ठ र नरेन्द्र बज्राचार्य र सर्वसाधारण शेयरधनीहरूकोतर्फबाट सञ्चालक पद २ मा प्रचण्डमान श्रेष्ठ र मनोज पौडेल निर्वाचित भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*