त्रिलोक चन्द्र अग्रवालका एनआइसी एशिया बैंकमा सबैभन्दा बढी लगानीे, अन्य कुनको कति ?

३० पुष २०७९, शनिबार १२:०७

काठमाडौं । एनआइसी एशिया बैंकमा सबैभन्दा बढी शेयर स्वामित्व सञ्चालक त्रिलोक चन्द अग्रवालको रहेको छ । बैंकमा उनको ६१ लाख ७० हजार ३ सय ७६ कित्ता शेयर रहेको छ । अग्रवालको शेयर बैंकका अध्यक्षको शेयर भन्दापनि बढी शेयर रहेको हो ।

बैंकमा सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवालको शेयर २० लाख ६२ हजार ८११ कित्ता शेयर रहेको छ । त्यस्तै सञ्चालक रामचन्द्र संघईको ५१ लाख २ हजार ७ सय ५१ कित्ता शेयर, सञ्चालक निकुञ्ज अग्रवालको २० लाख ५७ हजार ३ सय ९५ कित्ता शेयर, सञ्चालक गणेशमान श्रेष्ठको ३ सय ७१ कित्ता शेयर रहेको छ । सञ्चालकहरु मध्य सबैभन्दा कम शेयर स्वामित्व आदित्य कुमार अग्रवालको रहेको छ । बैंकमा उनको १ सय ४३ कित्ता शेयर स्वामित्व रहेको छ । बैंकमा निवर्तमान सञ्चालक बिनोद कुमार प्याकुरेलको ६ सय १५ कित्ता शेयर रहेको छ ।

त्यस्तै, बैंकका कार्यकारी प्रमुख रोशन कुमार न्यौपानेको बैंकमा ५ हजार ७ सय ५२ कित्ता शेयर रहेको छ । त्यस्तै, नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेको १० हजार ७ सय ५५ कित्ता, नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठिको ६ हजार ४ सय ४ कित्ता, सहायक प्रमुख कार्यकारी अधिकृत राजेश रावलको ४ हजार ८ सय २४ कित्ता, सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावलको ६ हजार ३ सय ५५ कित्ता, प्रमुख प्रविधि अधिकृतको बपिन राजभण्डारीको २३ कित्ता, प्रमुख कानुन अधिकृतको ७ हजार ३ सय ७ र कम्पनी सचिव दिपेन कार्किको २ हजार ६ सय ४८ कित्ता शेयर रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*