नेपाल बैंकको आजदेखि नयाँ ब्याजदर लागू, कुन खातामा कति ?

१ माघ २०७९, आईतवार १०:१०

काठमाडौं । नेपाल बैंक लिमिटेडले आज (माघ १ गते)देखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले माघ महिनाका लागि ब्याजदर घटाएर सार्वजनिक गरेको हो ।

सार्वजनिक ब्याजदर अनुसार बैंकले साधारण बचत खातामा न्यूनतम ६.४२ प्रतिशतदेखि अधिकतम ९.४२ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । यसअघि बैंकले यस्तो खातामा न्यूनतम ७.१३ प्रतिशत र अधिकतम १०.१३ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको थियो ।

नेपाल बैंकर्स संघको पुषको अन्तिममा बसेको कार्यसमितिको बैठकले माघ महिनाका लागि ब्याजदर घटाउने निर्णय गरेसँगै वाणिज्य बैंकहरुले ब्याजदर घटाएर सार्वजनिक गरेका हुन् ।

त्यस्तै, बैंकले मुद्दती निक्षेपअन्तर्गत भने न्यूनतम ७.३२ प्रतिशतदेखि अधिकतम १२ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*