एभरेष्ट बैंकको आजदेखि नयाँ ब्याजदर लागू

१ माघ २०७९, आईतवार १०:२०

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आज (माघ १ गते)देखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले माघ महिनाका लागि ब्याजदर घटाएर सार्वजनिक गरेको हो ।

नेपाल बैंकर्स संघको पुष २८ गते बसेको कार्यसमितिको बैठकले माघ महिनाका लागि ब्याजदर घटाउने निर्णय गरेसँगै वाणिज्य बैंकहरुले ब्याजदर घटाएर सार्वजनिक गरेका हुन् ।

सार्वजनिक ब्याजदर अनुसार बैंकले साधारण बचत खातामा न्यूनतम ६.४२ प्रतिशतदेखि अधिकतम ७.२५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । यसअघि बैंकले यस्तो खातामा न्यूनतम ७.१३ प्रतिशत र अधिकतम १०.१३ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको थियो ।

त्यस्तै, बैंकले साधारण मुद्दती निक्षेपअन्तर्गत ब्यक्तिगततर्फ ११ प्रतिशत ब्याजदर र सस्थागततर्फ ९ प्रतिशत ब्याजदर तोकेको छ । त्यस्तै, बैंकले कर्जामा १३.५० प्रतिशतदेखि अधिकतम १६ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*