फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको साधारण सभा सम्पन्न, २० प्रतिशत लाभांश पारित

१ माघ २०७९, आईतवार १०:२८

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा लघुवित्तका अध्यक्ष सुरेन्द्र राज रेग्मीको अध्यक्षतामा आम्रपाली बैंङ्क्वेट, भाटभटेनी, काठमाडौंमा सम्पन्न भएको हो ।

सभाले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको १९ प्रतिशत बोनस शेयर र कर प्रैयोजनका लागि एक प्रतिशत नगद लाभांश सहित कुल २० प्रतिशत लाभांश पारित गरेको छ ।

साथै अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग गाभ्ने।गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) आवश्यक भएको अवस्थामा गाभ्ने।गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) कार्य सम्बन्धी सम्पूर्ण कार्य गर्न संचालक समितिलाई अख्तियार प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यस्तै, आव २०७८।७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पािरत गर्ने, सोही आवको असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गरेको छ ।

साथै आव २०७९।८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, संस्थापक शेयरधनीको तर्फबाट ३ जना संचालकहरु निर्वाचन गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ ।

संस्थाले साधारण सभा प्रयोजन तथा लाभांश वितरणका लागि पुष १७ गते एक दिन बुक्लोजको गरेको थियो । यसर्थ पुष १४ गतेसम्म कायम शेयरधनीहरुले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*