लाभांश प्रस्तावसहित नेरुडे लघुवित्तले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

२ माघ २०७९, सोमबार १०:२९

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाले माघ २८ गते उद्योग संगठन मोरङको सभाहल विराटनगर–२ मा बिहान ११ बजे बस्नेगरी सभा डाकेको हो ।

सभाले लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको २२% बोनस सेयर र सोको कर तिर्न १.१५७९% नगद लाभांश गरी जम्मा २३.१५७९% लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यस्तै, सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि रहेको छ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ ।

त्यसका साथै, अन्य कुनै लघुवित्तसँग गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धी विषयमा निर्णय गर्न सञ्चालक समितिलाई सम्पूर्ण अधिकार प्रदान गर्ने विशेष प्रस्ताव पेश हुनेछ ।

सभा प्रयोजनका लागि संस्थाले माघ १७ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, माघ १६ गतेसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*