लाभांश प्रस्तावसहित आइएमई जनरल इन्स्योरेन्सको २५औं साधारण सभा माघ ९ गते बस्ने

२ माघ २०७९, सोमबार ११:१८

काठमाडौं । लाभांश प्रस्तावसहित आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारण सभा यहि माघ ९ गते बस्दैछ । कम्पनीको २५औं सभा होटल लि हिमालय, लाजिम्पाट काठमाडौंमा बिहान ११ बजे बस्नेछ ।

सो सभाले कम्पनीको सञ्चालक समितिले गत बर्षको नाफाबाट ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि कम्पनीले ५३ लाख ७३ हजार रुपैयाँ नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीको चुक्ता पुँजी एक अर्ब ७० करोड रुपैयाँ छ । बोनस शेयर पश्चात कायम हुने कम्पनीको चुक्तापुँजी बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, बीमा प्राधिकरणको निर्देशन बमोजिम बीमा ऐन २०७९, अनुसार कम्पनीको प्रबन्धपत्र र नियमावलीमा समय सापेक्ष संशोधन गर्ने जस्ता पारित गर्ने छ ।

साथै संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरबदलको निर्देशन प्राप्त भएमा सोही अनुसार फेरबदल गर्न संचालक समितिलाई अख्तिरायारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

यसका अलावा सभामा गत आव २०७८।७९ को वार्षिक प्रतिवेदन उपर छलफल गर्ने, सोही आवको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह जस्ता वित्तीय विवरणमाथि छलफल गर्ने प्रस्ताव गरिनेछ । त्यस्तै, चालु आव २०७९।८० को लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक नियु क्त गर्ने सभाको एजेण्डा रहेको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुष ३ गते बुकक्लोजको मिति तोकको थियो ।यसर्थ सो प्रस्तावित लाभांश पाउन पुष २ गतेसम्म कायम रहनुपर्नेमा आज सार्वजनिक विदा हरेकाले पुष २८ गतेसम्म कायम शेयरधनीहरुले कम्पनीको सभामा उपस्थित हुन र प्रस्तावित लाभांश पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*