सगरमाथा इन्स्योरेन्सको लाभांश संशोधन, बोनस शेयर घट्यो

२ माघ २०७९, सोमबार १२:४९

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश संशोधन गरिएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको लाभांश संशोधन भएको हो ।

कम्पनीको गत आवको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पेश गरिएकोमा प्राधिकरणबाट प्राप्त निर्देशन बमोजिम कम्पनीले लाभांश संशोधन गरेको हो ।

सो पश्चात् कम्पनीको पुष ३० गते बसेको संचालक समितिको बैठकले कायम चुक्तापुँजीको १२.४० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.६५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

उक्त लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण हुनेछ । यसअघि कम्पनीले शेयरधनीहरुलाई सो आवको मुनाफाबाट कायम चुक्तापुँजीको १२.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.६५७९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*