युनाइटेड मोदी हाइड्रोपावरको लाभांश घोषणा

२ माघ २०७९, सोमबार १३:०५

काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको पुष २९ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई कायम चुक्तापुँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.३६८ प्रतिशत नगद लाभांश गरी कुल ७.३६८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश नियमक निकाय विद्यु्त नियमन आयोगबाट स्वीकृत प्राप्त भएपश्चात् कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण हुनेछ ।

साथै कम्पनीको पुष २९ गते नै बसेको संचालक समितिको बैठकले कम्पनीको स्वतन्त्र संचालकमा अमित पाण्डेलाई नियुक्त गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*