आजदेखि कालिञ्चोक दर्शनको आईपीओ बिक्री खुला, कति दिने आवेदन ?

३ माघ २०७९, मंगलवार ०८:५३

कालिञ्चोक दर्शन लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ।

कम्पनीले १०० अंकित दरका कुल १० लाख ८० हजार कित्ता आईपीओ बिक्री खुला गरेको हो। कुल कित्तामध्ये ५ प्रतिशतले हुन आउने ५४ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने २१ हजार ६०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। बाँकी ८ लाख ९६ हजार ४०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

यसअघि सर्वसाधारण जारी गरिने कुल कित्ताको १० प्रतिशतले हुन आउने १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकिएको छ।

लगानीकर्ताले यो आईपीओमा माघ ६ गतेसम्म आवेदन दिन सक्नेछन्। यो अवधिमा सबै सेयर बिक्री नभएमा माघ १७ गतेसम्म खरिद आवेदन खुला रहनेछ।

लगानीकर्ताले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ४ हजार ९९० कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*