लाभांश प्रस्तावसहित अरुण भ्याली हाइड्रोपावरले डाक्यो साधारण सभा, कहिले हुँदैछ बुकक्लोज ?

३ माघ २०७९, मंगलवार १०:१९

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोजको मिति तोकेको छ ।

कम्पनीले माघ २७ गते वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको माघ २ गते बसेको सञ्चालक समितिको बैठकले सो दिन सभा बस्ने निर्णय गरेको हो ।

सभा मैत्री हल, इन्द्रेणी कम्प्लेक्स, नयाँ बानेश्वर, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले ८% बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१% नगद लाभांश दिने प्रस्ताव पेश गर्नेछ ।

साथै, सभामा आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।

सभा प्रयोजनका लागि कम्पनीले माघ १८ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, माघ १७ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*