तीन हाइड्रोपावरको शेयरमा सर्किट

३ माघ २०७९, मंगलवार १३:१५

काठमाडौं । चार दिन बन्दपश्चात् आज शेयरबजार खुलेको छ । शेयरबजार खुलेको केही समयसम्म आज उतारचढाव देखिएको छ । प्रि–ओपनिङ सेसनमा झिनो अंकले घट्न पुगेको नेप्से इन्डेक्स यो समाचार तयार पार्दासम्म ११ अंकले बढ्न पुगेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिएसँगै घट्न पुगेको स्टक मार्केटको अवस्था आज उतारचढाव देखिन पुगेको हो । यो समाचार तयार पार्दासम्म तीन हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

ग्रिन भेन्चर लिमिटेड, पिपुल्प पावर र बाराही हाइड्रोपावरको शेयरमा सर्किट लागेको हो । ग्रिन भेन्चर्सको शेयर १० प्रतिशत अर्थात् ३७ रुपैयाँ ८० पैसाले बढेर शेयरमूल्य ४१५ रुपैयाँ ८० पैसा पुगेको छ । त्यस्तै पिपुल्स हाइड्रोपावरको १० प्रतिशत अर्थात् २७ रुपैयाँले बढेर शेयरमूल्य २९७ रुपैयाँ पुगेको छ ।

साथै बाराही हाइड्रोपावरको ९.९७ प्रतिशत अर्थात् ३४ रुपैयाँ ३० पैसाले बढेर शेयरमूल्य ३७८ रुपैयाँ २० पैसा पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*