रिडी पावरले ५० प्रतिशत हकप्रद निष्काशन गर्ने

४ माघ २०७९, बुधबार १०:३४

काठमाडौं । रिडी पावर लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले कायम चुक्तापुँजीको १ः०.५० अनुपातमा हकप्रद जारी गर्ने भएको हो ।

कम्पनीको माघ ४ गते बसेको संचालक समितिको बैठकले रिडी पावरको लगानी तथा व्यवस्थापनबाट साझा पावर कम्पनीको स्वामित्वमा रहने गरी २० मेगावाट क्षमताको तल्लो बलेफिखोला जलविद्युत आयोजना निर्माण गर्ने र उक्त आयोजनामा स्वःपुँजी व्यवस्थापन गर्न रिडी पावर कम्पनीको बोनस शेयर पश्चात कायम हुने १ करोड ५४ लाख ८९ हजार १२ कित्ता शेयरको ५० प्रतिशत अर्थात् १ः०.५० अनुपातमा हकप्रद जारी गर्ने निर्णय गरेको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका कुल ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद शेयर जारी गर्ने भएको हो । साथै कम्पनीले विद्युतम नियमन आयोगमा पनि स्वीकृति पेश गर्ने र साधारण सभाबाट अनुमोदन गरी नेपाल धितोपत्र बोर्ड समक्ष अन्तिम स्वीकृतिका लागि पेश गरिने जनाएको छ ।

 

CamScanner 01-18-2023 10.03

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*