बम्पर लाभांश वितरणका लागि रिडी पावरले तोक्यो बुकक्लोजको मिति

४ माघ २०७९, बुधबार ११:००

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि बुक्लोजको मिति तोकेको छ ।

कम्पनीको माघ ४ गते बसेको संचालक समितिको बैठकले २१औं साधारण सभा माघ २९ गते बस्ने निर्णय गरेको हो । सो सभाले गत आव २०७८।७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको ४० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २.१० प्रतिशत नगद लाभांश गरी कुल ४२.१० प्रतिशत लाभांश पारित गर्नेछ ।

साथै सभामा आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन उपर छलफल गर्ने, सोही आवको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह जस्ता वित्तीय विवरणमाथि छलफल गर्ने प्रस्ताव गरिनेछ ।

साधारण सभा तथा लाभांश तिवरण प्रयोजनका लागि कम्पनीले माघ १८ गते एकदिनका लागि बुकक्लोजको मिति तोकेको छ । यसर्थ माघ १७ गतेसम्म कायम शेयरधनीहरुले मात्रै सभामा उपस्थित हुन तथा प्रस्तावित लाभांश पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*