नेपाल राष्ट्र बैंकद्धारा बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन संशोधन, के–के थपिए ?

४ माघ २०७९, बुधबार १३:०७

काठमाडौं । नेपाल राष्ट्र बैंकले इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन, २०७८ संशोधन गरेको छ ।

जसमा बैंक तथा वित्तीय संस्थाहरुले दैनिक तरलता विवरण कार्यदिनको मध्यान्न १२ बजेसम्म र अन्तर–बैंक कारोबार विवरण कारोबार सम्पन्न गर्नासाथ सुपरिवेक्षकीय सूचना प्रणाली (एसआईएस रिर्पोटिङ पोर्टल)मार्फत केन्द्रीय बैंकमा पेश गर्नुपर्नेछ ।

यसअघिको व्यवस्थामा बैंक तथा वित्तीय संस्थाहरुले यस्तो विवरण केन्द्रीय बैंकको रिर्पोटिङ पोर्टलमा मात्रै अपलोड गर्नुपर्ने व्यवस्था रहेको थियो ।

साथै बैंक तथा वित्तीय संस्थाहरुले संशोधित व्यवस्थाअनुसार इन्ट्रि विवरण वा प्रोफाइल सम्बन्धी विवरणहरु सोही अनुसूचीमा तोकिएको अवधिभित्र सुपरिवेशक्षकीय सूचना प्रणाली रिर्पोटिङ पोर्टलमा नियमित रुपमा अद्यावधिक गर्नुपर्नेछ । यसअघिको निर्देशिमा यस्तो व्यवस्था रहेको थिएन ।

 

ABC

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*