शेयरबजारमा झिनो अंकको गिरावट, हाइड्रोपावर सूचक चम्किदा झण्डै ५ अर्बको कारोबार

४ माघ २०७९, बुधबार १५:१६

काठमाडौं । साताको चौथो दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । अघिल्लो दिन ३२ अंकले बढेको नेप्से सूचक आज ९ अंकले घटेर २१७३ को विन्दुमा कायम भएको छ ।

आज शेयरबजार खुलेको केही समयसम्म शेयरबजारमा सुधार देखिएको थियो । कारोबारको मध्यतिर नेप्सेमा घटबढको उतारचढाव देखिएतापनि मार्केट क्लोज हुँदासम्म ९ अंकले घटेर २१७३ को विन्दुमा कायम भएको छ । कारोबार समय अर्थात् दिउँसो १ बजेतिर नेप्से इन्डेक्स बढेर २२ सयको विन्दुमा पुगेको थियो ।

नेप्से सूचक घटेपनि आज शेयरबजारमा ४ अर्ब ९२ करोडमाथिको कारोबार भएको छ । सर्वाधिक रिडी पावरको ३५ करोड ७८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

नेप्सेमा सूचीकृत २४८ कम्पनीको १ करोड ३३ लाख ४ हजार १४० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९२ करोड ८७ लाख रुपैयाँमाथिको कारोबार भएको छ । लगानीकर्ताहरुले नाफा बुक गर्दा करिब ५ अर्ब रुपैयाँको कारोबार हुन पुगेको हो ।

नेप्सेमा रहेका १३ सूचक मध्ये आज विकास बैंक, हाइड्रोपावर र म्यचुअल फण्ड सूचक चम्किएको छ भने बाँकी सबै सूचक राताम्य रहेका छन् । सर्वाधिक जीवन बीमा उपसूचक १.०६ प्रतिशतले घटेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*