एनआइबिएल ग्रोथ फण्ड बाँडफाँड सम्पन्न, यसरी हेर्नुस रिजल्ट

४ माघ २०७९, बुधबार १६:२९

काठमाडौं । एनआईबिएल एस क्यापिटलको “एनआईबिएल ग्रोथ फण्ड” बाँडफाँड सम्पन्न भएको छ । १० रुपैयाँ अङ्कित दरको १६ करोड इकाईहरु पुष ७ गतेदेखि पुष २१ गतेसम्म सार्वजानिक रुपमा विक्री आह्वान गरिएको थियो । उक्त योजनाको इकाई माघ ३ गते बाँडफाँड गरिएको हो ।

एनआईबिएल ग्रोथ फण्डको प्रति इकाई अंकित मूल्य १० रुपैयाँ दरको कुल १६ करोड इकाईहरु मध्ये बीज पूँजी वापत १% अर्थात १६ लाख इकाई योजना व्यवस्थापक एनआईबिइएल एस क्यापिटल लिमिटेड तथा १९% अर्थात ३ करोड ४ लाख इकाई कोष प्रवद्घक नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (साबिकको नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड) को लागि गरी कुल निष्काशन गरिने इकाई मध्ये ३ करोड २० लाख इकाई सुरक्षित राखी बाँकी रहेको १२ करोड ८० लाख इकाईको गत पौष ०७ गते बिहिबार देखि पौष २१ गते बिहिबारसम्म निशकाष्न तथा बिक्री खुल्ला गरिएको थियो ।

सो अवधिभित्र ४२ हजार ६० आवेदकहरु मार्फत ९ करोड ९३ लाख ६७ हजार ९०० इकाईका लागि मात्र रितपूर्वक आवेदन भई योजनाको आकार जम्मा १ अर्ब ३१ करोड ३६ लाख ७९ हजार रुपैयाँ हुने भएको र योजना व्यबस्थापक एनआईबिएल एस क्यापिटल लिमिटेडले बिज पूँजीको रुपमा ६३ लाख २१ हजार रुपैयाँ थप गरी रितपूर्वक आवेदन दिने सम्पूर्ण आवेदकहरुलाई माग गरेअनुसार धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम मिति २०७९ माघ ३ गते बाँडफाँड गरिएको थियो ।

६३ लाख २१ हजार रुपैषरा थप गरी योजनाको आकार १ अर्ब ३२ करोड रुपैयाँ कायम गरिएको व्यहोरा क्यापिटलले जनाएको छ । बाँडफाँड सम्मन्धी विवरण धितोपत्र निष्काशन तथा एनआईबिएल एस क्यापिटल को वेवसाइट www.niblcapital.com तथा सीडीएस एण्ड क्लियरिङ्गद्वारा सचांलित www.meroshare.cdsc.com.np बाट पनि हेर्न सकिने छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*