सेन्ट्रल फाइनान्सद्धारा शेयरधनीको खातामा लाभांश जम्मा

५ माघ २०७९, बिहीबार १०:३०

काठमाडौं । सेन्ट्रल फाईनान्स लिमिटेडले आफ्ना शेयरधनीहरुको खातामा लाभांश जम्मा गरिदिएको छ । कम्पनीले गत पुष २९ गते सम्पन्न २६औं वार्षिक साधारण सभाबाट पारित भएको चुक्तापुँजीको ५ प्रतिशत नगद लाभांश हितग्राही खातामा अद्यावधिक भएको बैंक खातामा जम्मा गरिदिएको हो ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि शेयर दाखिला बन्द हुने मितिसम्ममा कायम रहेका शेयरधनीहरुको हितग्राही खातामा बैंक खाताको विवरण अद्यावधिक भएको हकमा नगद लाभांश वापतको रकम सोही खातामा नै जम्मा गरिदिएको हो ।

साथै हालसम्म पनि शेयर अभौतिकीकरण नगराएका वा हितग्राही खाता खोलेर पनि कम्पनीको शेयर अभौतिकीकरण नगराएका शेयरधनीहरुले आफुलाई पायक पर्ने निक्षेप सदस्यकोमा हितग्राही खाता खोली आफ्नो शेयर यथाशक्य छिटो अभौतिकीकरण गराई हितग्राही खातामा आफ्नो बैंक खाताको विवरण अद्यावधिक गरेपश्चात सोही बैंक खातामा नगद लाभांशको रकम जम्मा गर्ने व्यवस्था मिलाईने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*