सानिमा जिआइसीको २ करोड कित्ता शेयर सिडिएसमा दर्ता

५ माघ २०७९, बिहीबार १४:०९

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेडको शेयर दर्ता तथा अभिलेख गराएको छ । कम्पनीको मंसिर २९ गतेको पत्रानुसार साविक जनरल इन्स्योरेन्स कम्पनी सानिमा जनरल इन्स्योरेन्ससँग गाभिएपश्चात् समायोजित धितोपत्र दर्ता गरि अभिलेख गरिएको हो ।

जनरल इन्स्योरेन्स कम्पनीलाई सानिमा जनरल इन्स्योरेन्सले गाभ्ने।गाभिने गरी बीमा समितिबाट साविकको जनरल इन्स्योरेन्सको प्रत्येक १०० कित्ता शेयर बराबर प्राप्त गर्र्ने संस्था सानिमा जनरल इन्स्योरेन्सको १०० कित्ता शेयर प्रदान गर्ने निर्णय स्वीकृत भई वित्तीय कारोबार गर्न इजाजत प्राप्त भई नेपाल धितोपत्र बोर्डमा समेत सो सम्बन्धी अभिलेख भइसकेको हुँदा सानिमा जिआइसीको कुल शेयर सिडिएस एण्ड क्लियरिङ्गमा दर्ता गराइएको हो ।

सानिमा जनरल इन्स्योरेन्सको एक करोड कित्ता शेयर र साविक जनरल इन्स्योरेन्सको एक करोड कित्ता शेयर दर्ता गरि समायोजित कुल दुई करोड कित्ता शेयर सानिमा जिआइसी इन्स्योरेन्सको नाममा कायम हुनेगरी माघ ४ गतेको निर्णयअनुसार सिडिएस एण्ड क्लियरिङ्गमा कारोबार गर्न योग्य हुनेगरी अद्यावधिक विवरण अभिलेख गराइएको हो ।

साथै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)बाट प्राप्त जानकारीअनुसार सानिमा जनरल इन्स्योरेन्सले जनरल इन्स्योरेन्स कम्पनी नेपाललाई गाभेपश्चात् कायम हुने सानिमा जिआईसी इन्स्योरेन्सको स्टक सिम्बोल।साधारण शेयरको ‘एसजीआइसी’ र प्रोमोटर शेयरको ‘एसजीआइसीपी’ कायम गरिएको छ । योसँगै अब साविक जनरल इन्स्योरेन्सको शेयर र सानिमा जनरलको शेयर उक्त सिम्बोलबाट खरिदबिक्री गर्न सकिनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*