उतारचढावकाबीच शेयरबजारमा सामान्य अंकको सुधार, ६ उपसूचकमा हरियाली छाउँदा तीन अर्बको कारोबार

५ माघ २०७९, बिहीबार १५:१४

काठमाडौं । उतारचढावकाबीच आज शेयरबजारमा झिनो अंकको बृद्धि भएको छ । बिहिबार नेप्से सूचक ५.७१ अंकले बढेर २१७८ विन्दुमा कायम भएको छ ।

नेप्सेमा सूचीकृत २४६ कम्पनीको ८२ लाख ४७ हजार ६४६ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४ करोड ४५ लाख रुपैयाँमाथिको कारोबार भएको छ । नेप्से सूचकमा सामान्य सुधार देखिएपनि अघिल्ला दिनहरुको तुलनामा आज कारोबार रकम घट्न पुगेको छ ।

नेप्सेमा रहेका १३ इन्डेक्समध्ये आज ६ उपसूचकमा हरियाली छाएको छ भने बाँकी ७ सूचक राताम्य रहेका छन् । आज ब्यापार, हाइड्रोपावर, लगानी, म्युचुअल फण्ड, निर्जिवन बीमा र बैकिङ्ग सूचकमा हरियाली छाएको छ ।
त्यस्तै, अन्य सूचक घट्दा सर्वाधिक अन्य सूचक ०.८८ प्रतिशतले घट्न पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*