युनिक नेपाल लघुवित्तको खुद ब्याज आम्दानी ७३ प्रतिशतले बढ्यो, नाफा कति ?

२५ माघ २०७९, बुधबार १२:१८

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको ६ महिनासम्ममा ७१ लाख ४१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाले आज प्रकाशित गरेको वित्तीय विवरणअनुसार संस्थाको नाफा गत आवको तुलनामा घट्न पुगेको हो ।

यो नाफा गत वर्षको तुलनामा ७७.९३ प्रतिशतले कम हो । गत आवको यसै अवधिसम्म संस्थाले ३ करोड २३ लाख रुपैयाँ नाफा कमाएको थियो ।

यस अवधिसम्म संस्थाको नाफा घटेपनि खुद ब्याज आम्दानी र संचालन मुनाफा भने उल्लेख्य बढ्न पुगको छ । पुष मसान्तसम्म संस्थाको खुद ब्याज आम्दानी ७३.२२ प्रतिशतले बढेर १२ करोड २५ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ७६० प्रशितशतले बढेर ९४ लाख ७८ हजार रुपैयाँ पुगेको छ ।

गत आवको यसै अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी ७ करोड ७ लाख रुपैयाँ र संचालन नाफा ११ लाख रुपैयाँ रहेको थियो । यस अवधिसम्म संस्थाको खराब कर्जा बढेका कारण नाफा प्रभावित बन्न पुगेको हो । गत वर्ष ६.३६ प्रतिशतमा रहेको निष्क्रिय कर्जा यस अवधिसम्म बढेर ७.३७ प्रतिशत पुगेको छ ।

त्यस्तै, पुष मसान्तसम्म संस्थाको चुक्तापुँजी १४.२६ प्रतिशतले बढेर ११ करोड ६ लाख रुपैयाँ पुगेको छ भने रिजर्भको आकार २३.८७ प्रतिशतले बढेर २७ करोड एक लाख रुपैयाँ संचित रहेको छ ।

साथै लघुवित्तको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ८७ पैसा, प्रतिशेयर नेटवर्थ ३६६ रुपैयाँ १७ पैसा रहेको । त्यस्तै संस्थाले ७३.२२ प्रतिशतले बढेर १२ करोड २५ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ७६० प्रशितशतले बढेर ९४ लाख ७८ हजार रुपैयाँ पुगेको छ ।

गत आवको यसै अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी ७ करोड ७ लाख रुपैयाँ र संचालन नाफा ११ लाख रुपैयाँ रहेको थियो । यस अवधिसम्म संस्थाको खराब कर्जा बढेका कारण नाफा प्रभावित बन्न पुगेको हो । गत वर्ष ६.३६ प्रतिशतमा रहेको निष्क्रिय कर्जा यस अवधिसम्म बढेर ७.३७ प्रतिशत पुगेको छ ।

त्यस्तै, पुष मसान्तसम्म संस्थाको चुक्तापुँजी १४.२६ प्रतिशतले बढेर ११ करोड ६ लाख रुपैयाँ पुगेको छ भने रिजर्भको आकार २३.८७ प्रतिशतले बढेर २७ करोड एक लाख रुपैयाँ संचित रहेको छ ।

साथै लघुवित्तको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ८७ पैसा, प्रतिशेयर नेटवर्थ ३६६ रुपैयाँ १७ पैसा रहेको । त्यस्तै संस्थाले यस अवधिसम्म ८४ करोड ८५ लाख रुपैयाँ सापटी लिएर ३ अर्ब ९९ करोड ८० लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । साथै २ अर्ब ४५ करोड ६८ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *

*