नेप्सेमा तीन कम्पनीको शेयरमूल्य समायोजन, आइतबार कतिमा खुल्ला कारोबार ?

२६ माघ २०७९, बिहीबार १६:२६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले तीन कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले ज्योति विकास बैंक, सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको हो ।

आज शेयरबजार बन्द हुनुभन्दा अघिसम्म कायम ज्योति विकास बैंकको ३१६ रुपैयाँका आधारमा नेपसेले ३ प्रतिशत बोनस शेयर वितरणपछिको शेयरमूल्य ३०६ रुपैयाँ ८० पैसा कायम गरेको छ ।

त्यस्तै, सगरमाथा इन्स्योरेन्सको पनि ७९९ रुपैयाँ ८० पैसाका आधारमा नेप्सेले १२.४० प्रतिशत बोनस शेयर वितरणपछिको शेयरमूल्य ७११ रुपैयाँ ५७ पैसा कायम गरेको छ । यसका साथै नेप्सेले लुम्बिनी जनरल इन्स्योरेन्सको ५६९ रुपैयाँका आधारमा ६.९९ प्रतिशत बोनस शेयर वितरणपछिको शेयरमूल्य ५३१ रुपैयाँ ८३ पैसा कायम गरेको छ । सोही मूल्यकै आधारमा आइतबार यी तीनवटा कम्पनीको कारोबार खुल्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*