प्रिमियम मूल्यमा आइपीओ निष्काशन गर्न लागेको सिटिजन लाइफमा कस्को कति छ लगानी ? (शेयर संरचनासहित)

२२ बैशाख २०८०, शुक्रबार १४:५२

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा सबैभन्दा बढी नेपाली नागरिकहरुको शेयर स्वामित्व रहेको छ । कम्पनीमा नेपाली नागरिकहरुको ७४ दशमलव ८० प्रतिशतले १ करोड ३० लाख ९० हजार शेयर संख्या रहेको छ । त्यस्तै, कम्पनीमा नेपाली संगठित संस्थाहरुको २५ दशमलव २० प्रतिशतले ४४ लाख १० हजार शेयर संख्या बराबरको शेयर स्वामित्व रहेको छ ।

कम्पनीले पुुँजी बृद्धिका लागि प्रिमियम मूल्यमा आइपीओ निष्काशन गर्दैछ । नेपाल धितोपत्र बोर्डले स्वीकृती दिएमा कम्पनीले सर्वसाधारको लागि चाडै प्रिमियममा आइपीओ निष्काशन गर्ने छ । साधारण सभाले पारित प्रतिवेदन अनुसार कम्पनीको शेयर संख्या १ करोड ७५ लाख रहेको छ ।

कम्पनीमा संचालक समितिका अध्यक्ष प्रदीप जंग पाण्डेको ४.२९ प्रतिशतले ७ करोड ५० लाख रुपैयाँ बराबरको शेयर स्वामित्व रहेको छ । त्यस्तै,  कम्पनीमा एयर डाइनेष्टि हेलि सर्भिसेस् प्रा.लि.को ३.०६ प्रतिशतले ५ करोड ३५ लाख, अनुजा लक्ष्मी धितालको १.३७ प्रतिशतले २ करोड ४० लाख, विकाश ज.ब.राणाको
५.१४ प्रतिशतले ९ करोड, क्याविनेट श्रेष्ठको १.३७ प्रतिशतले २ करोड ४० लाख रुपैयाँ बराबरको शेयर स्वामित्व रहेको छ ।

त्यस्तै, कम्पनीमा गुडविल फाइनान्स लिमिटेडको १.७१ प्रतिशतले ३ करोड, हिमालयन इन्फ्रास्ट्रक्चर फण्ड लिमिटेडको १.१४ प्रतिशतले २ करोड, कान्तिपुर पब्लिकेशन प्रालिको ७.४३ प्रतिशतले १३ करोड, ललिता अग्रवालको २.२९ प्रतिशतले ४ करोड, ज्योति प्रकाश पाण्डेको २.२९ प्रतिशतले ४ करोड, ११ प्रिमियर वायर्स प्रालिको १.७१ प्रतिश्शतले ३ करोड, पृथ्वी बहादुर पांडेको १.२३ प्रतिशतले २ करोड १५ लाख, राजेन्द्र प्रसाद श्रेष्ठको २ प्रतिशतले ३ करोड ५० ५० लाख, राम अग्रवालको १.८९ प्रतिशतले ३ करोड ३० लाख, सन्दिप पाखिन लामाको १.२९ प्रतिशतले २ करोड ५० लाख, सौगात पाखीन लामाको १.२९ प्रतिशतले २ करोड ५० लाख रुपैयाँ बराबरको शेयर स्वामित्व रहेको छ ।

त्यस्तै, कम्पनीमा शिखर इन्स्योरेन्सको १.२३ प्रतिशतले २ करोड १५ लाख, सुजन वैद्य (श्रेष्ठ)को १.३७ प्रतिशतले २ करोड ४० लाख, सुमित कुमार अग्रवालको ७.४३ प्रतिशतले १ करोड ३० लाख, सुष्मा राणाको ५.१४ प्रतिशतले ९ करोड, उर्मिला पाण्डेको २.२९ प्रतिशतलेले ४ करोड र यति वर्ल्ड इन्भेष्टमेन्ट प्रालिको ५.१४ प्रतिशतले ९ करोड रुपैयाँ बराबरको शेयर स्वामित्व रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*