शेर्पा दम्पत्ति आइएमई लाइफको ब्रान्डमा बीमा व्यवसाय चम्काउँदै

मनिष सोती
२७ बैशाख २०८०, बुधबार १६:५८

जीवन बीमा अभिकर्ता पेशामा लागेर आकर्षक र जीविकोपार्जन गर्न सकिन्छ र ? भन्ने आम मानिसको बुझाई छ ।  तर, यथार्थभन्दा परको यो बुझाई र पेशामा आबद्ध भई भिजेर काम गरि रहेकाहरुको प्रगति, वैभवशाली जीवनमा ठीक उल्टो काम गरि देखाएको छ शेर्पा दम्पत्तिले ।

हुन त आफूले मनै देखि काम गरे संसारको कुनै पनि चुनौती र कामलाई सहजै जित्न सकिन्छ भनिन्छ । बीमा बजारमा त्यसै त काम गर्न चुनौती छ । ती चुनौतीलाई पार लगाउदै यी दम्पत्ति आफैमा एक उदारणीय जोडी बन्न सफल भएको छ।

होटल व्यवसाय समेत संचालक गरिहरहेको यो जोडीको लागि आइएमई लाइफ इन्स्योरेन्स कम्पनी नाम र दाम दुबै कमाउने कर्म स्थल बनेको छ। जीवन बीमा पेशामा जति कठिन र अप्ठेराहरु छन्, त्यति नै सुन्दर भविष्य अनि समुन्नत जीवन शैली लुकेको छ भन्ने प्ररेणा अभिकर्ता शेर्पा जोडीबाट पाउन सकिन्छ । विगत पाँच बर्षदेखि बीमा अभिकर्ता पेशामा लागेका शेर्पा दम्पती बीमा गराउँदाका केही तिता अनि केही मिठा पलहरु नभएका पनि होईनन् ।

तीनै तिता अनि मिठा पलहरुलाई आत्मसाथ गर्दै अगाडि बढेको र अझै पनि यहि पेशालाई नै निरन्तरता दिने उनले बताए । शेर्पा दम्पत्ति भन्छन्, होस् नहोस् यही पेशालाई नै निरन्तरता दिन्छु ।

बीमा अभिकर्ताको पेशालाई लिएर विभिन्न खालका सवालहरु अझै पनि भेटिन्छन् । बीमा अभिकर्ताको पेशाबाट पनि जीविकोपार्जन गर्न सकिन्छ र ? भन्ने खालका जिज्ञासालाई पछिल्लो समय केही अभिकर्ताहरुले उल्टो पुष्टि गर्न सफल भएका छन् ।

स्वतन्त्र पेशा, सजिलै आम्दानी गर्न सकिने, जनसम्पर्क बढ्ने पेशा भएर आफु बीमा अभिकर्ता पेशामा लागेको शेर्पा दम्पतीको भनाई छ । बीमा अभिकर्तामा असल छवी, पारदर्शिता, लगनशीलता, वोलिमा मिठासपन, हसिलो व्यवहार र धैर्यता जस्ता गुणहरु हुनु आवश्यक रहेकोे अनुभव उनीहरुमा छ ।

यस्तै गुणहरुका कारणले गर्दा शेर्पा दम्पती यो पेशामा सक्षम छन् । बीमा अभिकर्ता पेशाले आर्थिक रुपमा स्वतन्त्रता दिएको, अध्ययनको लागि समय व्यवस्थापन सहज भएको, जीविकोपार्जनमा योगदान पुर्याएका कारणले बीमा अभिकर्ता एक सम्मानित र जीवन उपयोगी पेशा भएकोमा गर्व गर्दछन् बीमा अभिकर्ता दम्पती बीमा कम्पनीको मेरुदण्डको रुपमा रहने अभिकर्ताको पेशामा लाग्नेहरुको संख्या प्रतिशत बढ्दै गइरहेको छ । करिब ३ वर्षदेखि बीमा अभिकर्ताको रुपमा बीमा क्षेत्रमा प्रवेश गरेका आङतेम्बा शेर्पा र लाक्पा शेर्पा हाल ‘आइएमई लाइफ इन्स्योरेन्स’ कम्पनीमा सक्रिय अभिकर्ताको रुपमा आबद्ध छन् । आङतेम्बा र लाक्पा श्रीमान श्रीमति हुन् ।

दुबैजना अहिले बीमा क्षेत्रमा सक्रिय रुपमा आबद्ध छन् । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीमा आबद्ध भएपछि जीवनशैली नै फेरिएको उनीहरु बताउँछन् । ‘सुरुमा छोराको आइएमई लाइफ इन्स्योरेन्समा बीमा गराएको थियौं, त्यसबाटै हामी श्रीमान श्रीमति दुबैजना अभिकर्ताको रुपमा आबद्ध भयौं’, आङताम्बेले भने ।

छोराको बीमा गराएपछि वि.सं. २०७६ साल फागुन २० गतेदेखि आङताम्बे मात्रै जीवन बीमा अभिकर्ताको रुपमा कम्पनीमा आबद्ध भए । करिब एक वर्षसम्म उनी अभिकर्ताको पेशाका रुपमा आबद्ध भए । यता होटल व्यवसाय समेत संचालनमा रहेका कारण पहिलो वर्षसम्म आङताम्बेले सक्रिय रुपमा बीमा अभिकर्ताको पेशालाई अगाडी बढाउन नसकेको उनी बताउँछन् ।

होटल व्यवसायबाट राम्रै आयआर्जन भइरहेकोमा बीमा पेशामा समेत जोडिन पुग्दा भइरहेको व्यवसाय समेत खस्किने हो की भन्ने आङताम्बेकी श्रीमति लाक्पालाई डर थियो । लाक्पाले श्रीमान आङताम्बेलाई यस्तो पेशामा लाग्दा भइरहेको व्यवसाय समेत जोखिम हुन सक्ने पटक–पटक भन्ने गर्थिन् । तर यतिबेला लाक्पाको सोचाई पूर्ण रुपमा गलत सावित हुन पुगेको छ । श्रीमान अभिकर्ताको रुपमा आबद्ध भएको करिब एक वर्षपछि लाक्पा पनि वि.सं.२०७७ सालमा बीमा अभिकर्ताको रुपमा आबद्ध भइन् ।

‘आइएमई लाइफ इन्स्योरेन्स कम्पनीमा श्रीमानको थ्रुबाट जोडिन पुग्दा यतिबेला हाम्रो लाइफ स्टाइल नै परिवर्तन भएको छ ।’ लाक्पाले भनिन् ‘सुरुमा त मलाई बीमा अभिकर्ताको पेशाबाट जीविकोपार्जन होला भन्ने खालका जिज्ञासाहरु आउथ्यो, तर अहिले यो पेशाबाट विलासी जीवन समेत जिउन सक्ने भएका छौं ।’

आङताम्बे लाक्पा भन्दा एक वर्ष अघि बीमा अभिकर्ताको रुपमा आबद्ध भएका हुन् । तर एक वर्षअघि नै आबद्ध भएतापनि समय दिन नसकेका कारण खासै प्रगति भएको थिएन । श्रीमान् श्रीमति नै सक्रिय बीमा अभिकर्ताको रुपमा लागेपनि धेरै कुरा अचिभमेन्ट भएको उनीहरु बताउँछन् । ‘आइएमई लाइफ इन्स्योरेन्सले म आबद्ध भइसकेपछि बनभोज कार्यक्रममा लगेको थियो, सो कार्यक्रममा उपस्थित अभिकर्ताहरुलाई टार्गेट पुरा गरेकामा विभिन्न अवार्डहरु प्रदान गरिएको थियो, त्यो देखेर म मा पनि केही गर्नुपर्छ भन्ने दृढ पलाउन थाल्यो ।’ लाक्पा भन्छिन्, ‘अहिले म दुईपटक एमडीआरटी बनिसकेको छु ।’

सुरुमा जीवन बीमा अभिकर्ताको पेशालाई सामान्य दृष्टिकोणबाट हेर्ने लाक्पाले कम्पनीबाट विभिन्न अवार्ड तथा अचिभमेन्ट पाइसकेकी छिन् । यता श्रीमानले पनि कम्पनीले दिएको विभिन्न टार्गेटहरु पुरा गरी सन् २०२३ मा एमडीआरटी बनेको लाक्पा बताउँछिन् । लाक्पा २०२२ र २०२३ मा दुईपटक एमडिआरटी बनेकी छिन् भने उनका श्रीमान् आङताम्बे सन २०२३ मा एमडिआरटी बनेका छन् । कम्पनीमा आबद्ध भएको छोटो समयमा नै धेरै उपलब्धी भएको उनीहरु बताउँछन् ।

विराटनगर–५ स्थायी ठेगाना भएका उनीहरुले विराटनगरमै होटल व्यवसाय संचालन गर्दै आइरहेका छन् । यता होटल व्यवसायका साथै अहिले बीमा क्षेत्रमा उनीहरु सक्रिय रुपमा लागिरहेका छन् । बीमा क्षेत्रमा सक्रिय रुपमा लागिरहँदा एक महिनामा ३० लाख रुपैयाँको प्रिमियम कलेक्सन गरेकामा लाक्पाले कम्पनीबाट स्कुटर समेत उपहार पाएकी थिइन्।

बीमा अभिकर्ताको पेशालाई नकारात्मक दृष्टिकोणबाट हेर्ने लाक्पा यतिबेला बीमा सबैको लागि आवश्यक रहेको र बीमा क्षेत्रमा जोडिन समेत अरुलाई अनुरोध गर्छिन् । ‘मान्छेको मन हुनुपर्ने रहेछ सबै कुरा सम्भव हुन्छ, मन लगाएर गर्यो भने मान्छेले ठूला–ठूला उपलब्धिहरु प्राप्त गर्ने रहेछन् ।’ लाक्पा भन्छिन्, ‘मैले पनि सुरुमा खासै चासो व्यक्त नगरी अभिकर्ताको पेशालाई सामान्य ढंगबाट लिएकी थिए, तर पछि मन लगाएर उक्त पेशालाई अगाँल्दा आज दुईपटक एमडिआरटी बनिसकेकी छु र स्कुटर समेत उपहार पाएकी छु ।’

आगामी दिनमा बीमा क्षेत्रको भविष्य अझै उज्जवल देखेका आङताम्बे र लाक्पाले नेपाली बीमा क्षेत्रमा सशक्त ढंगबाट सक्रिय रुपमा लाग्ने बताउँछन् । समग्र बीमा क्षेत्रको विकास भएमा मात्रै बीमा अभिकर्ताहरुको भविष्य सुनिश्चित हुने हुँदा जीवन बीमा क्षेत्रका खराब चिजहरुलाई पन्छ्याउँदै उज्यालो भविष्यतर्फ अगाडी बढ्न उनीहरु सबैलाई आह्वान गर्दछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*