सन नेपाल लाइफद्वारा मृत्यु बीमा दाबी भुक्तानी

२८ बैशाख २०८०, बिहीबार १२:५७

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको विरगंज शाखाले बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो ।

कम्पनीले वैशाख २६ गते राजपुर नगरपालिका ५ बस्ने स्व. बीमित शेख अजमत अलिको श्रीमति अबरुन नेसालाई बीमा वापतको रकम भुक्तानी गरेको हो । कम्पनीले अजमतको हकवाला आफ्नी श्रीमतिलाई मृत्यु बीमा वापतको रकम १४ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।

मृत्यु दाबीको चेक कम्पनीका बिरगंज शाखाको ब्रान्च म्यानेजर श्रीराम प्रसादको हातबाट हस्तान्तरण गरिएको हो । सो हस्तान्तरण कार्यक्रममा निज मृत्यकको छोरी, दाइ तथा यस कम्पनीका कर्मचारीहरुको सहभागिता थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*