महालक्ष्मी लाइफको वित्तीय विवरण पारित, प्रभु लाइफको अन्तिम चरणमा

२८ बैशाख २०८०, बिहीबार १८:३५

काठमाडौं । महालक्ष्मी लाइफको वित्तीय विवरणलाई नेपाल बीमा प्राधिकरणले स्वीकृती प्रदान गरेको छ। हाल प्रभु लाइफ इन्स्योरेन्स कम्पनीसँग मर्जरमा जान लागेको कम्पनीले आज बीमा प्राधिकरणबाट वित्तिय विवरण स्वीकृती पाएको हो ।

प्राधिकरणबाट स्वीकृती पाएसँगै कम्पनीको बार्षिक साधारणसभाको बाटो खुल्ला भएको छ। मर्जरमा जान लागेका यी दुबै कम्पनीले एकै पटक साधारणसभामार्फत मर्जरको अन्तिम प्रस्ताव अघि बढाउने छ । जसको लागि प्रभु इन्स्योरेन्स कम्पनीको वित्तिय विवरण बीमा प्राधिकरणबाट पारित हुन जरुरी छ ।

दुवै कम्पनीको स्वाप रेसियो १ः१ अनुपातमा एक आपसमा गाभिने छ भने मर्जर पछि कम्पनीको नाम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड रहनेछ ।मर्जर पछि सञ्चालक समितिको अध्यक्षमा हालका प्रभु लाइफ इन्स्योरेन्सका सुभाष अमात्य र प्रमुख कार्यकारी अधिकृतमा महालक्ष्मीका रमेश कुमार भट्टराई रहने भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*