मेट लाइफ इन्स्योरेन्सको मुनाफा ३३ प्रतिशतले बढ्यो, जीवन बीमा कोष कति ?

२९ बैशाख २०८०, शुक्रबार ०९:२५

काठमाडौं । मेट लाइफले चालु आर्थिक वर्षको तेश्रो त्रैमासको अपष्किृत वित्तीय विवरण सार्वजनिक गरेको छ । यस त्रैमासको कम्पनीले खुद बीमाशुल्क आर्जन २।८० प्रतिशतले ३ अर्ब ७२ करोड खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको तेश्रो त्रैमाससम्म कम्पनीले ३ अर्ब ८३ करोड खुद बीमा शुल्क आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीले ३ अर्ब ८७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ। गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ४ अर्ब रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

त्यस्तै, यस त्रैमासको अवधिसम्मा कम्पनीको खुद मुनाफा ३३ प्रतिशतले बढेर २२ करोड ३३ लाख रुपैयाँ पुगेको छ।

गत आर्थिक वर्षको चैत मसान्तसम्म यो नाफा १८ करोड १० लाख थियो ।
कम्पनीको जगेडामा २ अर्ब ८१ करोड रहेको छ भने जीवन बीमा कोषमा २२ अर्ब ४० करोड रुपैयाँ रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*