नेपालका दुई ठूला जीवन बीमा कम्पनी दाँजेर हेर्दा, नेपाल लाइफ र एलआईसीको तथ्यांकगत तुलना

२९ बैशाख २०८०, शुक्रबार ११:५४

काठमाडौं । नेपालमा जीवन बीमा व्यवसाय गर्दै आएका नेपाल लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेशन एलआईसी (नेपाल)ले बीमा व्यवसायको आधा हिस्सा ओगटेका छन् ।सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाइफ र लाइफ इन्स्योरेन्स कर्पोरेसन(एलआईसी नेपाल)ले व्यवसायको आधा हिस्सा आगेटेका हुन् ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आवको चैत मसान्तसम्मा यी यी कम्पनीहरुले कुल जीवन बीमा व्यवसायको ४५ प्रतिशत हिस्सा ओगटेका हुन् ।त्यति मात्रै नभई यी दुई कम्पनीले बीमा कोषको आधारमा पनि यी दुई कमपनीहरु मजबुत छन् ।

नेपाल लाइफ लाइफ जीवन बीमा कम्पनीहरुले गरेको व्यापारको हिसाबले नेपाल लाइफ एक नम्बरमा पर्छ भने एलआईसी नेपाल दुई नम्बरमा पर्छ ।

जीवन बीमा कम्पनीमा पहिलो स्थान नेपाल लाइफको छ । नेपाल लाइफपछि प्रतिस्पधार्मा एलआईसी नेपालबीच हुने गर्छ ।दुवै कम्पनीले गत आर्थिक बर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेका छन् ।

बीमापोष्टले तेस्रो त्रैमासको आधारमा यी दुई कम्पनीहरुको तुलनात्मक अध्ययन यस प्रकार रहेको छ।

Source : 3rd Quater financial Report

 

चुक्ता पुँजिको आधारमा

चुक्ता पुँजिको आधारमा हेर्ने हो भने नेपाल लाइफ अग्रस्थानमा रहेको छ। यी दुई कम्पनीबीच मात्रै नभई बीमा क्षेत्रमा नै नेपाल लाइफको पुँजि सबैभन्दा बढी रहेको छ। कम्पनीको हालको चुक्ता ८ अर्ब २० करोड रुपैयाँ रहेको छ।
एलआईसी नेपालको चुक्ता पुँजि २ अर्ब ६५ करोड रुपैयाँ रहेको छ। कम्पनीले हकप्रद शेयर जारी गर्ने अनुमति पाईसेकेको छ। कम्पनीले हकप्रद मार्फत नेपाल बीमा प्राधिकरणले तोकेको पुँजि पुराउने भएको छ।

जीवन बीमा कोषको आधारमा

यी दुई बीमा कम्पनीको नै बीमा कोष बलियो छ। तर तुलनात्मक रुपमा अध्ययन गर्दा नेपाल लाइफको जीवन बीमा कोषको संचिती रकम थप बलियो छ।

नेपाल लाइफको बीमाकोषमा १ खर्ब ५७ करोड रुपैयाँ रकम संचित रहेको छ।

एलआईसी नेपालको बीमा कोषमा १ खर्ब ४ अर्ब रुपैयाँ रकम संचित रहेको छ।

जगेडा कोषको आधारमा
जगेडा कोषको आधारमा हेर्ने हो हो भने एलआईसी नेपाल अग्रस्थानमा रहेको छ ।कम्पनीको जगेडाकोषमा ६९ करोड रुपैयाँ रकम संचित रहेको छ।

नेपाल लाइफको जगेडा कोषमा ४८ करोड ६७ लाख रुपैयाँ रकम संचित रहेको छ।

महाविपत्ति कोषको आधारमा

महाविपत्ति कोषको आधारमा हेर्दा नेपाल लाइफ अगाडि रहेको छ। कम्पनीहरुले यस कोषमा मुनाफाको रकम अनिवार्य रुपमा जम्मा गनुपर्दछ । कुनै विपत्ति आएको खण्डमा मात्रै यस कोषको रकम कम्पनीहरुले चलाउन पाउछन् ।

जम्मा कोषको आधारमा

जम्मा कोषको आधारमा नेपाल लाइफ अग्रस्थानमा रहेको छ। जीवन बीमा कोष र महाविपत्ति कोषमा नेपाल लाइफ अगाडि छ ।
दोस्रोमा एलआईसी रहेको छ। बीमा कोष र महाविपत्ति कोषको रकम बाहेक जगेडा कोषमा मात्रै कम्पनी अग्रस्थामा रहेको छ।

कुल बीमाशुल्कको आधारमा

कुल बीमाशुल्कको आधारमा हेर्ने हो भने नेपाल लाइफ नै अग्रस्थानमा रहेको छ। तेस्रो त्रैमाससम्मा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कुल बीमाशुल्क आर्जन २७ अर्ब २५ करोड रुपैयाँ रहेको छ।
एलआईसी नेपालको कुल बीमाशुल्क आर्जन १२ अर्ब ९४ करोड रुपैयाँ रहेको छ।

खुद बीमाशुल्क आर्जनको आधारमा

खुद बीमाशुल्कको आधारमा हेर्ने हो भने पनि नेपाल लाइफ नै अग्रस्थानमा रहेको छ। कम्पनले यस त्रैमासको अवधिसम्मा २६ अर्ब ८३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ।
त्यस्तै, एलआईसी नेपालको खुद बीमाशुल्कको आधारमा १२ अर्ब ८७ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

खुद मुनाफाको आधारमा

खुद मु्नाफाको आधारमा नेपाल लाइफ अग्रस्थानमा छ । कम्पनीको यस त्रैमासको अवधिसम्मा ४४ करोड ६५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ।
एलआईसी नेपालले यस त्रैमासको अवधिसम्ममा ८ करोड ३७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ।
बीमा कम्पनीहरुले सार्वजनिक गरेको मुनाफा थपघट हुन सक्छ । जीवन बीमा कम्पनीहरुको मुनाफा एक्चुरी भ्याल्ुएसन पश्चात् मात्रै वास्तविक आउने गर्दछ ।

व्यवस्थापन खर्चको आधारमा

तेस्रो त्रैमासको अवधिमा हेर्ने हो भने नेपाल लाइफको व्यवस्थापन खर्च नै अग्रस्थानमा रहेको छ। यस अवधिसम्ममा कम्पनीको व्यवस्थापन खर्च १ अर्ब १८ करोड रुपैयाँ रहेको छ।
एलआईसी नेपालको व्यवस्थापन खर्च ४८ करोड रुपयाँ रहेको छ।

अभिकर्ता कमीशन

तेस्रो त्रैमासको अवधिमा कम्पनीको अभिकर्ता कमीशनको आधारमा पनि नेपाल लाइफ नै अग्रस्थानमा छ ।

कायम बीमा पोलिसी सङख्या

कायम बीमा पोलिसीको आधारमा पनि नेपाल लाइफ नै अग्रस्थानमा रहेको छ।

खुद दाबी भुक्तानीको आधारमा

कारोबारको आधारमा नेपाल लाइफ अग्रस्थामा रहेको कारण कम्पनीको खुद दाबी भुक्तानी पनि धेरै नै रहेको छ। कम्पनीको खुद दाबी भुक्तानी ११ अर्ब ८२ करोड रुपयाँ रहेको छ।

एलआईसी नेपालको खुद दाबी भुक्तानी ६ अर्ब ५३ करोड रुपैयाँ रहेको छ।

प्रतिशेयर आम्दानीको आधारमा
प्रतिशेयर आम्दानीको आधारमा नेपाल लाइफ अगाडि रहेको छ। नेपाल लाइफको प्रतिशेयर आम्दानी ७ रुपैयाँ २५ पैसा रहेको छ।

एलआईसी नेपालको प्रतिशेयर आम्दानी ३ रुपैयाँ १६ पैसा रहेको छ।

प्रतिशेयर नेटवर्थ
प्रतिशेयर नेटवर्थको आधारमा नेपाल लाइफ अगाडि रहेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ ११६ रुपैयाँ रहेको छ ।

एलआईसी नेपालको प्रतिशेयर नेटवर्थ १३९ रुपेयाँ ९५ पैसा रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*