महालक्ष्मी लाइफ इन्स्योरेन्सको बीमा कोषको आकार ५५ प्रतिशतले बढ्यो, १ अर्ब ११ करोडमाथिको व्यवसाय

३० बैशाख २०८०, शनिबार १८:५०

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म आइपुग्दा १ अर्ब १६ करोड २४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणअनुसार कम्पनीको व्यवसाय यो अवधिसम्म ४.२२ प्रतिशतले बढ्न पुगेको हो ।

गत वर्षको यसै अवधिसम्म कम्पनीले १ अर्ब ११ करोड ५४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । साथै कम्पनीको जीवन बीमा कोषको आकार यस अवधिसम्म ५५.७७ प्रतिशतले बढेर कोषमा ३ अर्ब ८ करोड ७३ लाख रुपैयाँ संचित रहेको छ ।

त्यस्तै, कम्पनीको जगेडा कोषको आकार २४.४३ प्रतिशतले बढेर २७ करोड ४० लाख रुपैयाँ र महाविपत्ती कोषको आकार ६.९६ प्रतिशतले बढेर कोषमा २ करोड ९७ लाख रुपैयाँ संचित रहेको छ ।

यता कम्पनीले खुद दाबी भुक्तानी ४६ प्रतिशतले बढाएर सो अवधिसम्म १८ करोड ३८ लाख रुपैयाँको बीमा दाबी भुक्तानी गरेको छ । साथै लगानी, कर्जा तथा अन्य आम्दानी ५५.२५ प्रतिशतले बढेर ३४ करोड ४४ लाख रुपैयाँ पुगेको छ । भने व्यवस्थापन खर्च सामान्य ६.१७ प्रतिशतले बढेको छ ।

यता कम्पनीको अभिकर्ता कमिशन १४.७७ प्रतिशतले घटेको छ भने खुद नाफा गत वर्षको तुलनामा १४.९४ प्रतिशतले बढेर ८ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको छ । यस अवधिसम्म कम्पनीको जारी बीमा पोलिसी संख्या ४८ हजार ४३७ रहेको छ । साथै कम्पनीको चुक्तापुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*