नेशनल लाइफ इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन ११ अर्ब १३ करोडमाथि, बीमा कोष आकार १८% ले बृद्धि

३१ बैशाख २०८०, आईतवार ०८:११

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडल चालु आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार कम्पनीको बीमा कोषको आकार गत आवको तुलनामा १८.८० प्रतिशतले बढेको छ ।

चैत मसान्तसम्म कम्पनीको जीवन बीमा कोषमा ५८ अर्ब २६ करोड ८३ लाख रुपैयाँ संचिति रहेको छ । कम्पनीले गत वर्षको तुलनामा बीमा कोषको आकार १८% ले बढाउन सफल भएको हो । गत वर्षको यसै अवधिसम्म कम्पनीले बीमा कोषमा ४९ अर्ब ४ करोड रुपैयाँ संचित गरेको थियो ।

साथै यता कम्पनीको जगेडा कोषको आकार भने ३७ प्रतिशतले घट्न पुगेको छ । चालु आवको चैत मसान्तसम्म कम्पनीले जगेडा कोषको रकम चलाएको देखिएको छ । जगेडा कोषमा सो अवधिसम्म ३२ करोड ९१ लाख रुपैयाँ संचित रहेको छ । साथै महाविपत्ती कोषको आकार भने १३.४८ प्रतिशतले बढेको छ ।

साथै समिक्षा अवधिसम्म कम्पनीको खुद बीमा शुल्क ९.३९ प्रतिशतले बढेर ११ अर्ब १३ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । साथै सो अवधिसम्म कम्पनीको खुद दाबी भुक्तानी समेत ३७.२४ प्रतिशतले बढेर ५ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ ।

सो अवधिसम्म कम्पनीको लगानी, कर्जा तथा अन्यबाट हुने आम्दानी १८.९३ प्रतिशतले बढेको भने व्यवस्थापन खर्च समेत ४.९३ प्रतिशतले घटेको छ । साथै कम्पनीको अभिकर्ता कमिशन समेत १.७५ प्रतिशतले घटेर १ अर्ब ८ करोड ८६ लाख रुपैयाँ पुगेको छ । कम्पनीले बँीमा व्यवसायमा उल्लेख्य सुधार गर्दै सो अवधिसम्म खुद नाफा १६.१६ प्रतिशतले बढाएर २९ करोड ६९ लाख रुपैयाँ मुनाफा कमाएको छ ।

४ अर्ब ६४ करोड रुपैयाँ चुक्तापुँजी रहेको नेशनल लाइफको प्रतिशेयर आम्दानी ८.५३ रुपैयाँ, प्रतिशेयर नेटवर्थ ११५.२६ रुपैयाँ र प्रतिशेयर कुल सम्पत्तिको मूल्य १४५.९३ रुपैयाँ रहेको छ । साथै सो अवधिसम्म कम्पनीको जारी बीमा पोलिसीको संख्या १७ लाख २९ हजार ४४२ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*