साविक युनियन लाइफको मुनाफामा उछाल, ३८ प्रतिशतले बढ्यो बीमा कोषको आकार

३१ बैशाख २०८०, आईतवार ०८:४१

काठमाडौं । साविक युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्ममा १२ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्ममा १२ करोडमाथि नाफा कमाएको हो ।

कम्पनीले आर्जन गरेको यो नाफा गत आवको तुलनामा ३७५.१२ प्रतिशतले बढी हो । गत आवको यसै अवधिसम्म कम्पनीले जम्मा २ करोड १२ लाख रुपैयाँमाथि नाफा आर्जन गरेको थियो । कम्पनीले दोस्रो बजार मार्फत शेयरमा लगानी गरेको र हाल निरन्तर रुपमा शेयरको मूल्यमा गिरावट आएको कारणले खुद नाफा घट्न गएको देखिन्छ, तथापी शेयरको मूल्यमा सुधार आउँदा कम्पनीको नाफा पुनः बढेको छ ।

साथै सो अवधिसम्म कम्पनीको जीवन बीमा कोषको आकार ३८.३६ प्रतिशतले बढेर कोषमा १४ अर्ब ३१ करोड ५ लाख रुपैयाँ संचित रहेको छ । साथै जगेडा कोषको आकार ८७.५२ प्रतिशत र महाविपत्ती कोषको आकार ६९ प्रतिशतले घटेको छ ।

साथै सो अवधिसम्म कम्पनीको खुद बीमा शुल्क आर्जन ७.२४ प्रतिशतले घटेर ५ अर्ब ५६ करोड ३९ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी ७.३८ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १०७ रुपैयाँ ३८ पैसा र प्रतिशेयर कुल सम्पत्तिको मूल्य ७५८.२६ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*