साविक प्राइम लाइफ इन्स्योरेन्सको यस्तो देखियो तेस्रो त्रैमासिक वित्तीय अवस्था

३१ बैशाख २०८०, आईतवार ११:००

काठमाडौं । साविक प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्ममा २१ अर्ब ५३ करोड ६५ लाख रुपैयाँको जीवन बीमा कोष खडा गर्न सफल भएको छ ।

साविक प्राइम, युनियन र गुराँस लाइफ इन्स्योरेन्स मर्ज भई हिमालयन लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु गरिसकेका छन् । साविक प्राइम लाइफले सो अवधिसम्म बीमा कोषको आकार २२.१५ प्रतिशतले बढी हो । गत वर्षको यसै अवधिसम्म कम्पनीको बीमा कोषमा १७ अर्ब ६३ करोड रुपैयाँ संचित रहेको थियो ।

साथै कम्पनीको जगेडा कोषको आकार भने ८.२४ प्रतिशतले घटेको छ भने महाविपत्ती कोषको आकार २१.२९ प्रतिशतले बढेको छ ।

यस अवधिसम्म कम्पनीले ३ अर्ब ३० करोड ५० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । यो गत वर्षको तुलनामा ५.४२ प्रतिशतले घटेको हो ।

यता कम्पनीको अभिकर्ता कमिशन पनि २२.९४ प्रतिशतले घटेर २४ करोड ९५ लाख रुपैयाँमा सीमित भएको छ । साथै कम्पनीको खुद नाफा १०.८० प्रतिशतले बढेर २१ करोड रुपैयाँ पुगेको छ ।

प्राइम लाइफको प्रतिशेयर आम्दानी ८.९२ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १२१.५९ रुपैयाँ र प्रतिशेयर कुल सम्पत्तिको मूल्य ८४१ रुपैयाँ १९ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*