राष्ट्रिय बीमा संस्थानको बीमा कोषमा ४५ अर्ब संचिति, खुद नाफा ७३ प्रतिशतले घट्यो

३१ बैशाख २०८०, आईतवार १२:३४

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ७ अर्ब २१ करोड ९४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत आवको तुलनामा बीमा शुल्क आर्जन सामान्य घट्न पुगेको हो । गत आवको यसै अवधिसम्म संस्थानले ७ अर्ब २७ करोड ६४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

साथै कम्पनीको बीमा कोषको आकार भने १७.६० प्रतिशतले बढेर कोषमा ४५ अर्ब ८७ करोड ५४ लाख रुपैयाँ संचित रहेको छ । साथै यता जगेडा कोषको आकार समेत ८.९६ प्रतिशतले बढेर कोषमा ४२ करोड ६९ लाख रुपैयाँ संचित रहेको छ ।

कम्पनीले सो अवधिसम्म ३ अर्ब २३ करोड ६२ लाख रुपैयाँ खुद बीमा दाबी भुक्तानी गरेको छ । साथै कम्पनीको लगानी, कर्जा तथा अन्यबाट हुने आम्दानी १८.९३ प्रतिशतले बढेको छ भने व्यवस्थापन खर्च समेत १४.५६ प्रतिशतले बढेको छ ।

बीमा ब्यवसायमा उल्लेख्य प्रगति गरेपनि कम्पनीले अभिकर्ताहरुलाई दिने अभिकर्ता कमिशन भने सो अवधिसम्म ३.३९ प्रतिशतले घटेको छ । साथै कम्पनीको खुद नाफामा उच्च गिरावट आएको छ । संस्थानको नाफा ७३.७५ प्रतिशतले घटेर १ करोड ३० लाख रुपैयाँम सीमित भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*