धनगढीमा जीवन बीमक संघ गठन

२ जेष्ठ २०८०, मंगलवार १०:४७

काठमाडौं । सुदुरपश्चिम प्रदेशको धनगढीमा बीमा प्राधिकरणको ५५औं बार्षिकोउत्सबको समापन समारोहमा जीवन बीमक संघ गठन भएको छ । नेपाल बीमा प्राधिकरण सुदुरपश्चिमका सहायक निर्देशक प्रेम हरी पोख्रेल र दिपक ज्ञवालीको उपस्थितिमा एसियन लाइफका लोक राज जोशीको अध्यक्षता ११ सदस्यीय कार्य समिति गठन गरिएको हो ।

संघको उपाध्यक्षमा सूर्यज्योती लाइफका जगदिस प्रसाद भट्ट र सन नेपाल लाइफका लक्ष्मी कान्त जैसी रहेका छन् । यसका साथै, कोषाध्यक्षमा प्रभु लाइफकि संगिता न्यौपाने, सचिवमा महालक्ष्मी लाइफका हर्क बहादुर बोहरा, सह सचिवमा हिमालयन लाइफका तारा सिह बम र सदस्यहरूमा रिलायबल लाइफका चन्द्र बहादुर बिष्ट ,नेपाल लाइफका दिपक भट्ट, आइएमई लाइफका प्रेम लाल राना ,सानिमा रिलायन्स लाइफका महेन्द्र बि.क र सिटिजन लाइफका गंगा राम जोशी चयन भएका छन् ।

यसका साथै, सानिमा रिलायन्स लाइफका गणेश उप्रेतीको अध्यक्षतामा सल्लाहकार समिति गठन गरिएको  प्रबक्ता नरेश भट्टले जानकारी दिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*