प्रभु लाइफ इन्स्योरेन्सको लाभांश संशोधन, बोनस शेयर घट्यो

३ जेष्ठ २०८०, बुधबार १०:१९

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश संशोधन भएको छ । नेपाल बीमा प्राधिकरणले कम्पनीको लाभांश संशोधन गरिदिएको हो ।

कम्पनीले यसअघि आव २०७७।७८ को संचित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई कायम चुक्तापुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

कम्पनीले प्राधिकरणमा स्वीकृतिका लागि वित्तीय विवरण पेश गरेकोमा प्राधिकरणबाट स्वीकृति प्राप्त भएअनुसार कम्पनीले कायम चुक्तापुँजीको ९.८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत प्राप्त भएपश्चात् कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण हुनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*