तेस्रो त्रैमासको अवधिमा कुन जीवन बीमा कम्पनीको वित्तिय अवस्था कस्तो रह्यो ? (तथ्यांक सहित)

राजन कठायत
४ जेष्ठ २०८०, बिहीबार १३:१७

काठमाडौं । हाल संचालनमा रहेको जीवन बीमा कम्पनीहरुले तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेका छ ।यस अवधिसम्ममा कम्पनीहरुले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार नेपाल लाइफ, एलआईसी नेपाल र नेशनल लाइफ इन्स्योरेन्स कम्पनीबीच तिव्र प्रतिस्पर्धा भएको देखिएको छ।

अधिंकाश सूचकमा यी तीन कम्पनी व्यवसायिक हिसाबले मजबुत देखिएको छ ।त्यस्तै, दोस्रो बजारको आधारमा हेर्ने हो भने एलआईसी नेपाल अगाडि रहेको छ। दोस्रो बजारमा कम्पनीको शेयर मूल्य १२७४।९३ रहेको छ।

त्यस्तै, दोस्रोमा नेशनल लाइफ र तेस्रोमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ।

चुक्ता पूँजिको आधारमा

हाल नेपालमा संचालनमा रहेका जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा बढी चुक्ता पुँजि  नेपाल लाइफ इन्स्योरेन्सको रहको छ । नेपाली बीमा बजारको वचस्र्व कायम गनृ सफल नेपाल लाइफको चुक्ता पुँजि ८ अर्ब २० करोड ७९ लाख रुपैयाँ रहेको छ ।
दोस्रो नम्बरमा नेशनल लाइफ इन्स्योरेन्स रहेको छ । समिक्षा अवधिसम्ममा कम्पनीको चुक्ता पुँजि ४ अर्ब ६४ करोड ४ लाख रुपैयाँ रहेको छ ।

तेस्रोमा नम्बरमा सूर्यज्योति लाइफ इन्स्योरेन्स रहेको छ । साविकको ज्योति लाइफ र सूर्या लाइफ एक आपसमा मर्ज भएपछि कम्पनीको चुक्ता पुँजि ४ अर्व ५४ करोड ५५ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै, सानिमा रिलायन्स लाइफको ४ अर्व १८ करोड ४० लाख रुपैयाँ, साविकको प्राइम लाइफको ३ अर्व १४ करोड ९ लाख रुपैयाँ, एशियन लाइफको २ अर्ब ९० करोड ८१ लाख रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पोेरेशनको २ अर्व ६५ करोड ३२ लाख रुपैयाँ, साबिकको युनियन लाइफको २ अर्व ३४ करोड २८ लाख रुपैयाँ र साविकको गुराँस लाइफको २ अर्व २३ करोड ९३ लाख रुपैयाँ चुक्ताँपुँजि  रहेको छ ।

यस अवधिसम्ममा सबैभन्दा कम चुँक्ता पुँजि  प्रभु लाइफको रहेको छ । महालक्ष्मी लाइफ इन्स्योरेन्ससँग मर्ज प्रक्रियामा रहेको यस कम्पनीको चुक्ता पुजी २ अर्ब रुपैयाँ रहेको छ ।

जगेडा कोषको आधारमा


गत आर्थिक बर्षमा एकीकृत कारोबार सुरु गरेका सूर्यज्योति लाइफ र सानिमा रिलायन्स लाइफको जगेडा कोष सबैभन्दा बढी देखिएको छ ।
यस अवधिसम्ममा सुर्यज्योति लाइफको जगेडा कोष सबैभन्दा बढी सञ्चिति रहेको छ । यस अवधिसम्ममा कम्पनीको जगेडा कोष संन्चिती २ अर्व ५८ करोड ६८ लाख रुपैयाँ रहेको छ ।
दोस्रो नम्बरमा सानिमा रिलायन्स लाइफको ६९ करोड ६४ लाख रुपैयाँ जगेडा कोष सञ्चिती रहेको छ ।

तेस्रो नम्बरमा लाइफ इन्स्योरेन्स कर्पोरेशनको ६९ करोड ९ लाख रुपैयाँ बराबरको जगेडा कोष रहेको छ ।
त्यस्तै, साविकको गुराँस लाइफ इन्स्योरेन्सको ६५ करोड २८ लाख रुपैयाँ, प्रभु लाइफको ५९ करोड ७२ लाख रुपैयाँ, एशियन लाइफको ४९ करोड ७७ लाख रुपैयाँ, नेपाल लाइफको ४८ करोड ६७ लाख रुपैयाँ, साविकको प्राइम लाइफको ४८ करोड ६७ लाख रुपैयाँ, नेशनल लाइफको ३२ करोड २९ लाख रुपैयाँ जगेडा कोष सञ्चिति रहेको छ ।
मर्ज भइ हिमालयन लाइफको नामबाट एकीकृत कारोबार सुरु गरेको साविकको युनियन लाइफको जगेडा कोष १३ करोड ६३ लाख रुपैयाँ रहेको छ ।

जीवन बीमा कोषको आधारमा


नेपालमा संचालनमा रहेका जीवन बीमा कम्पनीहरुको तुलनामा नेपाल लाइफको जीवन बीमा कोष सञ्चिती सबैभन्दा बढी रहेको छ । यस अवधिसम्ममा कम्पनीको जीवन बीमा कोष १ खर्ब ५७ अर्व १६ करोड ९१ लाख रुपैयाँ रहेको छ ।
दोस्रो नम्बरमा लाइफ इन्स्योरेन्स कर्पोरेशन जीवन बीमा कोष १ खर्ब ४ अर्व ५३ करोड ८८ लाख रुपैयाँ बराबरको सञ्चिति रहेको छ ।
तेस्रो नम्बरमा नेशनल लाइफको जीवन बीमा कोष ५८ अर्व २६ करोड ८३ लाख रुपैयाँ बराबरको संचिति रहेको छ ।
यस अवधिसम्ममा एशियन लाइफको ३६ अर्व ५४ करोड रुपैयाँ, सुर्यज्योति लाइफको २४ अर्व ७३ करोड, साविकको प्राइम लाइफको २१ अर्व ५३ करोड, साबिकको युनियन लाइफको १४ अर्व ३१ करोड रुपैयाँ, साबिकको गुराँस लाइफको १४ अर्व १ करोड र सानिमा रिलायन्स लाइफको ८ अर्व ५४ करोड रुपैयाँ बराबरको जीवन बीमा कोषको सञ्चिति रहेको छ ।
यस अवधिसम्ममा प्रभु लाइफको सबैभन्दा कम ३ अर्व ७४ करोड रुपैयाँ बराबरको जीवन बीमा कोष रहेको छ ।

खुद बीमा शुल्कको आधारमा

हाल संचालनमा रहेको जीवन बीमा कम्पनीहरु मध्ये नेपाल लाइफले सबैभन्दा बढी खुद बीमा शुल्क आर्जन गरेको छ । यस अवधिसम्ममा कम्पनीले कुल २६ अर्व ८३ करोड ९२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।
दोस्रो नम्बरमा लाइफ इन्स्योरेन्स कर्पोरेशनले १२ अर्व ८७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
तेस्रो नम्बरमा रहेको नेशनल लाइफले ११ अर्व १३ करोड रुपैयाँ बीमा शूल्क आर्जन गर्न सफल भएको छ ।
यस अवधिसम्ममा साविकको युनियन लाइफको ५ अर्व ५६ करोड ३९ लाख रुपैयाँ, एशियन लाइफको ५ अर्व ८ करोड १२ लाख रुपैयाँ, सुर्यज्योति लाइफको ४ अर्व ५९ करोड ६३ लाख रुपैयाँ, साविकको प्राइम लाइफको ३ अर्व ३० करोड रुपैयाँ, साविकको गुराँस लाइफको २ अर्व २२ करोड रुपैयाँ र सानिमा रिलायन्स लाइफको १ अर्व ८४ करोड रुपैयाँ बराबरको खुद बीमा शुल्क आर्जन गरेको प्रकाशित विवरणले देखाएको छ ।
महालक्ष्मी लाइफसँग मर्जर प्रक्रियामा रहेको प्रभु लाइफले १ अर्व ४६ करोड १२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेकोे छ ।

खुद नाफाको आधारमा

नेपाल लाइफ खुद नाफाको आधारमा पनि सबैभन्दा अग्रस्थानमा रहेको छ । यस अवधिसम्ममा कम्पनीले ४४ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।
दोस्रो नम्बरमा नेशनल लाइफले २९ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
तेस्रो नम्बरमा सुुर्यज्योति लाइफको २५ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
यस अवधिसम्ममा प्राइम लाइफले २१ करोड रुपैयाँ, एशियन लाइफले १९ करोड ४७ लाख रुपैयाँ, गुराँस लाइफले १६ करोड १२ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफको १६ करोड १० लाख रुपैयाँ, प्रभु लाइफको १३ करोड २३ लाख रुपैयाँ र साबिकको युनियन लाइफले १२ करोड ९५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेका छन् ।
समिक्षा अवधिसम्ममा लाइफ इन्स्योरेन्स कर्पोरेशनले सबैभन्दा कम ८ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।

खुद दावी भुक्तानीको आधारमा


सबैभन्दा धेरै बीमा व्यवसाय गर्ने नेपाल लाइफको बढी खुद दावी भुक्तानी भएको तथ्यांकले देखाएको छ ।
यस अवधिमा कम्पनीले कुल ११ अर्व ८२ करोड २४ लाख रुपैयाँ बराबरको खुद दावी भुक्तानी गरेको छ ।
दोस्रो नम्बरमा लाइफ इन्स्योरेन्स कर्पोरेशनले कुल ६ अर्व ५३ करोड ३२ लाख रुपैयाँ खुद दावी भुक्तानी गरेको छ ।
तेस्रो नम्बरमा रहेको नेशनल लाइफले कुल ५ अर्व ५७ करोड रुपैयाँ बराबरको खुद दावी भुक्तानी गरेको छ ।
समिक्षा अवधिसम्ममा साविकको युनियन लाइफले २ अर्व १८ करोड रुपैयाँ, एशियन लाइफले १ अर्व ५४ करोड रुपैयाँ, सुुर्यज्योति लाइफले १ अर्व ३५ करोड रुपैयाँ, साबिकको गुराँस लाइफले ९८ करोड करोड रुपैयाँ, साविकको प्राइम लाइफले ९४ करोड रुपैयाँ र मर्जर प्रक्रियामा रहेको प्रभु लाइफले ५१ करोड रुपैयाँ बराबरको खुद दावी भुक्तानी गरेका छन् ।
यस अवधिसम्ममा सानिमा लाइफ र रिलायन्स लाइफ मर्ज भइ एकीकृत कारोबार गरेको सानिमा रिलायन्स लाइफले सबैभन्दा कम खुद दावी भुक्तानी गरको प्रकाशित विवरणले देखाएको छ । यस अवधि सम्ममा कम्पनीले कुल ४७ करोड ४६ लाख रुपैयाँ बराबरको खुद दावी भुक्तानी गरेको छ ।

प्रतिशेयर आम्दानीको आधारमा


संचालनमा रहेका जीवन बीमा कम्पनीहरु मध्ये सबैभन्दा बढी सुुर्यज्योति लाइफ प्रतिशेयर आम्दानी रहेको छ । यस अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १५.५५ रुपैयाँ रहेको छ ।
दोस्रो नम्बरमा साविकको गँुरास लाइफ रहेको छ । यस अवधिसम्ममा कम्पनीको प्रति शेयर आम्दानी ९.६० रुपैयाँ रहेको छ ।
तेस्रो नम्बरमा रहेको एशियन लाइफको प्रतिशेयर आम्दानी ८.९३ रुपैयाँ रहेको छ ।
त्यस्तै, त्रमशः साविकको प्राइम लाइफको ८.९२ रुपैयाँ, प्रभु लाइफको ८.८३ रुपैयाँ, नेशनल लाइफको ८.५३ रुपैयाँ, साविकको युनियन लाइफको ७.३८ रुपैयाँ, अधिकांश शुचांकमा अव्वल रहेको नेपाल लाइफको ७.२५ रुपैयाँ र सानिमा रिलायन्स लाइफको ५.१३ रुपैयाँ प्रतिशेयर आम्दानी रहेको छ ।
लाइफ इन्स्योरेन्स कर्पोरेशनको प्रतिशेयर आम्दानी सबैभन्द कम रहेको छ । यस अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ३.१६ रुपैयाँ रहेको छ ।

प्रतिशेयर नेटवर्थको आधारमा


संचालनमा रहेका जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा बढी प्रतिशेयर नेटवर्थ पनि सूूर्यज्योति लाइफ इन्स्योरेन्सको नै रहेको छ । यस अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १६४.३६ रुपैयाँ रहेको छ ।
दोस्रो नम्बरमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेशनको प्रतिशेयर नेटवर्थ १३९.९५ रुपैयाँ रहेको छ ।
तेस्रो नम्बरमा रहेको साविकको गुराँस लाइफको सो नेटवर्थ १३३.७६ रुपैयाँ रहेको छ ।
यस अवधिसम्ममा प्रभु लाइफको १३२.१७ रुपैयाँ, एशियन लाइफको १२३.३ रुपैयाँ, साविकको प्राइम लाइफको १२१.५९ रुपैयाँ, सानिमा रिलायन्स लाइफको ११९.१३ रुपैयाँ, नेपाल लाइफको ११६.०१ रुपैयाँ, नेशनल लाइफको ११५.२६ रुपैयाँ प्रतिशेयर नेटवर्थ रहेको छ ।

साविकको युनियन लाइफको प्रतिशेयर नेटवर्थ सबैभन्दा कम रहेको प्रकाशित विवरणले देखाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*