सानिमा रिलायन्स लाइफको अभिकर्ता पुनर्ताजगी तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न, उत्कृष्ट बिजनेश भित्र्याउने टप १० अभिकर्ता सम्मानित

७ जेष्ठ २०८०, आईतवार ११:१६

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अभिकर्ता पुनर्ताजगी तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ । साविक सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी दुईबाट एक भएपछि सानिमा रिलायन्स लाइफको हेटौंडा शाखाले उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

कम्पनीले हेटौंडा क्षेत्रका अभिकर्ताहरुसमक्ष अभिकर्ता पुनर्ताजगी तथा उत्प्ररेणा कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रम हेटौंडास्थित एभोकाडो होटलमा शनिबार सम्पन्न भएको थियो । कार्यक्रममा २१६ जना अभिकर्ताहरुको उपस्थित रहेको थियो ।

कम्पनीका चिफ बिजनेश अफिसर सुर्य प्रसाद गुप्ता, रिजनल म्यानेजर मदन गाहा र एरिया म्यानेजर सुर्या गिरीको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
एरिया म्यानेजर सुर्या गिरीले स्वागत मन्तब्य राखेको उक्त कार्यक्रममा प्रोडक्टको प्रस्तुतीकरण र सेल्स मोटिभेसन रिजनल म्यानेजर मदन गाहाले दिएका थिए । साथै चिफ बिजनेश अफिसर सुर्य प्रकाश गुप्ताले विभिन्न स्किमहरुको बारेमा जानकारी दिनुका साथै एजेन्सी सेल्स मोटिभेसन दिएका थिए ।

२१६ जनाको उपस्थित रहेको उक्त कार्यक्रममा सहभागी उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गरिएको थियो । चालु आर्थिक वर्ष २०७९।८० को तेस्रो त्रैमाससम्म सबैभन्दा बढि बिजनेश भित्र्याउने उत्कृष्ट १० जनालाई अवार्ड प्रदान गरिएको थियो । अवार्ड प्राप्त गर्नेमा पहिलो हुनेमा एमडिआरटी अनिता घलान, दोस्रोमा एरिया म्यानेजर अभिनास दाहाल, तेस्रोमा सलमान अन्सरी, चौथोमा आकृती थापा, पाँचौमा बोध बहादुर तिमल्सिना, पाँचौमा सृजना लामा, छैठौंमा सर्मिला गोले, सातौंमा सनिसा शाही, आठौंमा मिन प्रसाद नेपाल र नवौंमा सौभाग्य विश्वकर्मा रहेका छन् ।

साथै सोही कार्यक्रममा टिमअन्तर्गत सर्वाधिक बिजनेश भित्र्याउने उत्कृष्ट टप ५ लिडरहरुलाई समेत सम्मान गरिएको थियो । टप ५ लिडरहरुमा बोध बहादुर तिमल्सिना, देव राज रुम्बा, अनिता घलान, बिन्दा देबि सिवाकोटी र बिजय कुमार स्याङतान रहेका छन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*