रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ७५ रुपैयाँसम्म बोनसदर निर्धारण

८ जेष्ठ २०८०, सोमबार १०:३४

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८।७९ को लागि नयाँ बोनसदर सार्वजनिक गरेको हो ।

कम्पनीको गत आवको आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा प्राधिकरणको जेठ १ गतेको पत्र मार्फत स्वीकृत भई कम्पनीले संचालनमा ल्याएको मुनाफामा सरिक हुने (बोनस आर्जित गर्ने) गरी जारी गरिएको जीवन बीमा लेखहरुमा उक्त बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो ।
सार्वजनिक बोनसदर अनुसार कम्पनीले प्रतिहजार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ । कम्पनीले विभिन्न बीमालेख अन्तर्गत उक्त बोनसदर घोषणा गरेको हो ।

जसमा रिलायबल सावधिक जीवन बीमा योजना अन्तर्गत कम्पनीले न्यूनतम प्रतिहजार न्युनतम ५० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्मको बोनसदर घोषणा गरेको छ । कम्पनीको रलायबल सावधिक जीवन बीमा योजनामा ५ वर्षदेखि ९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ५० रुपैयाँ निर्धारण गरेको छ । १० देखि १४ वर्ष अवधिको लागि ५५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ६२ रुपैयाँ,२० वर्ष वा सोभन्दा माथि अवधिको लागि प्रति हजार ७५ रुपैयाँ बोनसदर कायम भएको छ ।

कम्पनीको यस बीमालेख १५ देखि १९ वर्ष अवधिको मात्रै २२२ सय वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ६२ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।
त्यस्तै, यता रिलायबल लघु सावधिक जीवन बीमा योजना अन्तर्गत रिलायबल लघु सावधिक जीवन बीमा योजनाको हकमा कम्पनीले सबै बीमा अवधिको लागि ३० रुपैयाँ बोनसदर कामय गरेको छ । त्यस्तै,m बीमा सिमित लघु सावधिक जीवन बीमा योजनाको हकमा कम्पनीले सबै बीमा अवधिको लागि ३० रुपैयाँ बोनसदर कायम गरेको छ ।
साथै कम्पनीले रिलायबल सजिलो जीवन बीमा(एकल तथा सिमित अवधि भुक्तानी) योजनाको हकमा कम्पनीको सबै बीमा अवधिहरुको लागि २५ रुपैयाँ बोनसदर कायम गरेको छ ।

यता कम्पनीले रिलायबल सुलभ जीवन बीमालेख रिलायबल जीवन बीमा प्लस योजनाको हकमा पाँच देखि ९ वर्ष अवधिसम्मको लागि प्रति हजार २४ रुपैयाँ बोनस कायम भएको छ । त्यस्तै, १० वर्षदेखि १४ वर्षसम्म अवधिको लागि प्रति हजार २८ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ३२ रुपैयाँ, २० वर्ष वा सोभन्दा माथि अवधिको लागि प्रति हजार ४० रुपैयाँ कायम भएको छ । कम्पनीको यस बीमालेख १५ देखि १९ वर्ष अवधिको ३० हजार ४ सय ६८ बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ३२ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

साथै रिलायबल उच्च शिक्षा योजनाको हकमा पाँच देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ६० रुपैयाँ बोनस कायम भएको छ । त्यस्तै, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ६२ रुपैयाँ, २० वर्ष वा सो भन्दा माथि अवधिको लागि प्रति हजार ६५ रुपैयाँ बोनसदर कायम भएको छ । कम्पनीको यस बीमालेख १५ देखि १९ वर्ष अवधिको ४ सय ४८ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ६२ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

साथै सावधिक तथा आजीवन बीमा योजना योजनामा कम्पनीले ५ देखि ९ वर्ष अवधिको लागि प्रति हजार ३० रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ४५ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिको लागि प्रति शजार ५० रुपैयाँ कायम गरेको छ ।

यस बीमा योजनामा कम्पनीले १५ देखि १९ वर्ष अवधिको पोलिसी धेरै विक्री गरेको छ । यस पोलिसी कम्पनीले ३ हजार ५५१ वटा विक्री गरेको छ । जसमा बीमितले ४० रुपैयाँ बोनश पाउनेछन् ।

रिलायबल अग्रिम भुक्तानी सावाधिक बीमा योजना योजनाको हकमा १०,१२ र १४ वर्षसम्म अवधिको लागि प्रति हजार ५० रुपैयाँ, १६,१८ र २० वर्ष अवधिको लागि प्रति हजार ५५ रुपैयाँ बोनसदर कायम भएको छ । त्यसैगरी कम्पनीको रिलायबल समुन्नती जीवन बीमा योजनाका लागि कम्पनीले सबै बीमालेखमा प्रति हजार २० रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*