नेशनल लाइफद्वारा बीमा दावी भुक्तानी

८ जेष्ठ २०८०, सोमबार १०:३५

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दिक्तेल शाखाले मृतकको परिवारलाई २ लाख ३८ हजार ८५० रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले शनिबार ऐसेलुखर्क गाउँपालिका वडा नम्बर १ राखा निवासी स्वर्गीय अम्बिका कार्कीको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो ।

कम्पनीमा २०७६–०९–२१ मा अभिकर्ता प्रकाश राई मार्फत मृतक अम्बिका कार्कीले २ लाख को बीमा गरेका थिए । उनको गत फागुन ३ मा उच्च रक्तचाप को कारण उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको थियो ।

दिक्तेल शाखाका शाखा प्रमुख नबिन श्रेष्ठ र अभिकर्ता प्रकाश राईले उनको श्रीमान डिल्ली राम कार्की र छोरा बिरेन्द्र कार्कीलाई घरमानै गई शनिबार मृत्यु दाबी बापतको २ लाख ३८ हजार ८५० रुपैयाँको चेक हस्तान्तरण गरेको शाखा प्रमुख श्रेष्ठले जानकारी दिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*