८ अंकले बढ्यो नेप्से, ११ उपसूचक बढ्दा बैकिङ्ग र व्यापार इन्डेक्समा गिरावट
८ जेष्ठ २०८०, सोमबार १५:०८
काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक आज ८.१० अंकले बढेर १८९१ को विन्दुमा कायम हुन पुगेको छ ।
नेप्सेमा सूचीकृत २७२ कम्पनीको ३४ लाख ९२ हजार ८३४ कित्ता शेयर किनबेच हुँदा एक अर्ब २७ करोड ६७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज बैकिङ्ग र व्यापार उपसूचक बाहेकका सबै उपसूचकमा हरियाली छाएको छ । सर्वाधिक आज उत्पादन तथा प्रशोधन उपसूचक २.४४ प्रतिशतले बढेको छ ।