सात नयाँ ब्रोकर कम्पनीलाई औपचारिक रुपमा लाईसेन्स वितरण, कस-कसले पाए ?

८ जेष्ठ २०८०, सोमबार २१:४३

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सात नयाँ ब्रोकर कम्पनीलाई औपचारिक रुपमा लाईसेन्स वितरण गरेको छ । निवेदन दिएका ४३ कम्पनीहरुमध्ये  आठ कम्पनी मध्ये सात कम्पनीले लाइसेन्स पाएको हो ।

आठ कम्पनीको पूर्वाधारको निरिक्षणपछि आज बसेको बोर्ड बैठकले सात कम्पनीलाई लाइसेन्स दिने निर्णग गरेको हो । लाइसेन्स पाउने कम्पनीहरुमा भोले गणेश सेक्युरिटीज लि., क्यापिटल म्यास सेक्युरिटिज लि., हिमालयन ब्रोकरेज कं लि., सन सेक्युरिटिज प्रा।लि., मियो सेक्युरिटिज प्रा।लि., सेयरप्रो सेक्युरिटिज प्रा।लि.र प्रोपर्टी विर्जाड लि. रहेका छन् ।

धितोपत्र बोर्डबाट नयाँ ब्रोकर लाइसेन्सका लागि ४३ वटा कम्पनीले पूर्वस्वीकृती (एलओआई) पाएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*