नयाँ ब्रोकर लाईसेन्स वितरण प्रक्रिया अर्थसमितिको छानविनमा, स्वार्थ बाझिएको बिषय के होला ?
काठमाडौं । नयाँ ब्रोकर लाईसेन्स वितरण प्रकृया अर्थसमितिमा छानविनमा परेको छ । अर्थसमितिले हिजो नयाँ ब्रोकर लाईसेन्स वितरण प्रकृयामा हालसम्म भएका कामकारबाही र समितिको निर्देशन कार्यान्वयनको अवस्था सम्बन्धमा अध्ययन गर्न आवश्यक कागजात र विवरण अर्थ मन्त्रालय र नेपाल धितोपत्र बोर्डसँग माग गरेको छ। पाँच दिन भित्र दिनभित्र सम्पूर्ण विवरण समितिमा आइपुग्ने गरी उपलब्ध गराई समितिको कामकारवाहीमा सहयोग पुयाउन माग गर्दै अर्थसमितिले बोर्डलाई हिजो बोर्डलाई पत्र पठाएको छ ।
बोर्डबाट नयाँ स्टक एक्सचेन्ज र नयाँ धितोपत्र दलाल व्यवसायीको लागि अनुमति प्रदान गर्न भए गरेका काम कारबाही सम्बन्धमा विभिन्न सञ्चारमाध्यम र सरोकारवाला पक्षवाट अनेक कोणबाट प्रश्न उठेको र सम्बन्धमा संघीय संसदमा सदस्यहरुले अनुचित तवरले प्रक्रिया अगाडी बढाएको भनी विषय उठान गरेकोे हुँदा यस बिषयमा छानविनको प्रकृया अघि बढाएको उक्त पत्रमा उल्लेख गरिएको छ ।
अर्थसमितिको जेठ २ गते बसेको बैठकमा समेत सदस्यहरुबाट यस विषयमा गम्भीर रुपमा अध्ययन गर्नुपर्ने माग भएको साथै पूँजीबजारका विभिन्न पक्ष समेटेर समितिको प्रतिवेदनको पत्रवाट त्यस बोर्डलाई कार्यान्वयनको लागि पठाइएको पृष्ठभूमिमा यस सम्बन्धमा हालसम्म भएका कामकारबाही र समितिको निर्देशन कार्यान्वयनको अवस्था सम्बन्धमा अध्ययन गर्न आवश्यक कागजात र विवरण अर्थ मन्त्रालय र नेपाल धितोपत्र बोर्डसँग माग गर्ने निर्देशन भएकोले पत्र प्राप्त भएको मितिले ५ दिनभित्र सम्पूर्ण विवरण समितिमा आइपुग्ने गरी उपलब्ध गराई समितिको कामकारवाहीमा सहयोग पुयाउन अर्थसमितिले बोर्डलाई पठाएकाे लिखित पत्रमा उल्लेख छ ।
अब नयाँ ब्राेकर लाईसेन्समा स्वार्थ बाझिएकाे विषयमा पनि छानविन हुने भएकाे छ ।