नयाँ ब्रोकर लाइसेन्स पाएका सात कम्पनीलाई बोर्डका अध्यक्षद्वारा प्रमाणपत्र प्रदान
नयाँ ब्रोकर लाइसेन्स पाएका सात कम्पनीलाई नेपाल धितोपत्र बोर्डले मंगलबार प्रमाणपत्र प्रदान गरेको छ । बोर्डका अध्यक्ष रमेश हमालले ती ब्रोकर कम्पनीका सञ्चालकहरुलाई प्रमाणपत्र प्रदान गरेका हुन् । अब यी कम्पनीहरुले ब्रोकरेज आवश्यक प्रक्रियाहरु पूरा गरेर काम सुरु गर्न सक्नेछन् ।
लाइसेन्स पाएका ७ सहित अब ब्रोकर संख्या ५७ वटा पुगेको छ । नेपाल धितोपत्र बोर्डको सोमबार बसेको सञ्चालक समिति बैठकले एलओआई पाएका ४३ मध्ये ७ वटालाई ब्रोकर कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेको यियो । यी कम्पनीले बोर्डले तोकेको मापदण्ड पूरा गरेकाले लाइसेन्स दिने निर्णय गरिएको बोर्डको भनाई छ । एलओआई पाएका बाँकी कम्पनीहरुले पनि आवश्यक भौतिक पूर्वाधार विस्तार गरेपछि क्रमशः लाइसेन्स पाउँदै जानेछन् ।